भदौं २८, सिमकोट । स्थानीय तहका सबै पदाधिकारीलाई सरकारले तबल दिने विषयमा विभिन्न टिकाटिप्पणी उठीरहेका बेला सर्केगाड गाउँपालिका ५ का वडा अध्यक्ष कर्णजंग शाहीले आफूले पाउने पारिश्रमिमक रकमको २० प्रतिशत रकम सर्केगाडका वालवालिकाको छात्रावृतीका लागि छुट्याएका छन् ।
कर्णाली प्रदेश सरकारको निर्णइ अनुशार वडा अध्यक्षले पाउने महिनाको १९ हजार तलबबाट २० प्रतिशत रकम वडाका वालवालिकाको गुणस्तरिय शिक्षाकालागि विनियोजन गरेको बताएका छन् ।
आफुले सामाजिक सेवाका काम संलग्न हुनका लागि वडाका मतदाताले आफूलाई निर्वाचित गराएको बताएका अध्यक्ष शाहीले सिमकोटमा आयोजित पत्रकार सम्मेलनमा भने “मैले पाउने मासिक पारिश्रमिकबाट २० प्रतिशत रकम मेरो वडाका वालवालिकाको शिक्षामा सुधार गर्न विनियोजन गरेको छु ।” विनियोजित रकम आप्mना आमा र वुवाको नाम जोडेर हर्कमुनी नाम दिएको छात्रावृती कोषको स्थापना गर्ने बताएका शाहीले शुरुको वर्षका रकमबाट सर्केगाड ५ अन्तरगत ४ वटा विद्यालयका २ सय २० जना विद्यार्थीलाई पोशाक वितरण गर्ने बताए ।
हरेक वर्षको वार्षिक पारिश्रमिकलाई एकमुष्ठ गरेर सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा शैक्षिक सामाग्री वितरण गर्ने बताए ।
गाउँपालिकामै पहिलो पटक तलबबाट वालवालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने निर्णय स्वागत योग्य भएको बताएका सर्केगाड गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत योगेश्वर पाष्डले यसलाई थप कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा अव बस्ने गाउँ परिषदको बैठकले निर्णय गर्ने बताए ।
५ प्रतिशत रकम नेपाली कंग्रेसलाई
त्लबको ५ प्रतिशत रकम आफू सम्लग्न दल नेपाली कंग्रेस जिल्ला कार्यसमिति हुम्लालाई प्रदान गर्ने वडा अध्यक्ष कर्णजंग शाहीले बताए ।
आफूलाई अहिलेको अवस्थासम्म प¥याउन नेपाली कंग्रेसको ठूलो योगदान भएको बताएका शाहीले पार्टी सञ्चालनका लागि ५ प्रतिशत अर्थात महिनाको ९ सय ५० रकम दिने भएका छन् ।
कोषबारे अन्यौलता
आप्mनो तलबको २० प्रतिशत रकमबाट छात्रावृती कोष स्थापना गर्ने निर्णय सार्वजनिक गरेको सर्केगाड गाउँपालिका ५ का वडा अध्यक्ष कर्णजंग शाहीले छात्रावृती कोषको कसरी सञ्चालन गर्ने बारेमा अलमलिएका छन् ।
छात्रावृती कोषको सार्वजनिक गरेका शाहीले आप्mनो पारिश्रमिक बापत महिनामा आउने ३ हजार ८ सयलाई वर्षमा एकिकृत गरेर छनो भएका विद्यार्थीलाई सामाग्री किनेर दिने बताए । तर छात्रावृती कोष कसरी सञ्चालन हुन्छ भन्ने बारेमा भने कुनै ठोस निर्णय नभएको बताए । आमावुवाको नाम दिएर शुरु हुने छात्रावृती कोषबाट हरेक वर्ष ५० हजार रकमले सर्केगाड गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने योजना शाही बनाएका छन् ।
आगामी दिनमा गाउँपालिका र अन्य संघ संस्थासँगको परामर्शमा कोषलाई बढाउदै लैजाने बताएका शाही आप्mनो कार्यकाल पश्चात कोष कसरी सञ्चालन हुने हो भन्ने बारेमा केही नसोचेको प्रतिक्रिया दिए ।