अदानचुली (हुम्ला) । नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ को दोस्रो दिन ७ वटा खेल खेलाइएका छन् ।
बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको कपको दोस्रो दिनको पहिलो खेल समुह बीका पुद्धुकोट प्राथमिक विद्यालय र हिमालचुली आधारभूत विद्यालय बिच सम्पन्न भएको छ । उक्त खेलमा पुर्दुकोटका जर्सि नम्बर ३ का नरेन्द्र बुढा र हिमालचुलीका जर्सि नम्बर ९ का अमर शाहीले १ गोल गोल गरेपछि खेल बराबरीमा टुंगिएको कपको रेफ्री नविन बुमीले जानकारी दिनुभयो । यसैगरी समुह सि बाट सल्लाघारी माध्यमिक विद्यालय र मष्टादेव प्राथमिक विद्यालय दोस्रो खेलमा मष्टादेवले सुन्यका विरुद्ध ४ गोल गर्दे आफूलाई समुहको बिजेताका रुपमा प्रस्तुत गरेको छ । मष्टादेवका तर्फबाट आनन्द कटुवालले लगातार ३ र रविन्द्र सुनारले हानेको २ गोल गरी सुन्यका विरुद्ध ४ गोल हान्दै समुहको बिजेताका रुपमा मष्टादेव प्राथमिक विद्यालय अघि आएको छ ।
खेल स्थानीय सन्देश विश्वको भन्ने मान्यताका साथ शुरु भएको कर्णाली किड्स कपको दोस्रो दिन भएको तेस्रो खेल अन्तरगत समुह बि काफर्तबाट हिमालचुली आधारभूत विद्यालय र सुपाखेत प्राथमिक विद्यालयबीचको लेखमा हिमालचुलीका खेलाडी रुपेश शाही र जेनिस सिंहले गरेको १।१ गोलले समुह उपबिजेताका रुपमा हिमालचुली आधारभुत विद्यालय अघि आएको छ ।
प्रतियोगिताकै उत्कृष्ट टिमका रुपमा आएको छत्रपाल आधारभूत विद्यालय र मष्टादेव प्राथमिक विद्यालयबीचको खेल समुह सिको खेल दोस्रो दिनको चौथो खेलका रुपमा खेलाइयो । उपस्थित दर्शकको ध्यान केन्द्रीत गर्न सफल भएको खेलमा छत्रपाल आधारभुत विद्यालयका तर्फबाट जर्सी नम्बर ७ का प्रमोद बुमीको ३, जर्सि नम्बर ६ का रविन्द्र कटुवालले १ र जर्सि नम्बर ५ का सर्जन रोकायाले हानेको १ गोलले विद्यालयलाई समुहको बिजेताका रुपमा अघि मात्रै सारेन प्रतियोगिताको अब्बल टिमका रुपमा स्थापीत गर्न छत्रपाल आधारभूत विद्यालयलाई मौका प्राप्त भयो ।
दोस्रो दिनको पांचौ खेलाका रुपमा मण्डाल्नी प्राथमिक विद्यालय र सुर्योदय माध्यमिक विद्यालय बीचको खेल सम्पन्न भयो । खेलमा सुन्यका बिरुद्ध ५ गोल हान्दै सुर्योलयले मण्डाल्नी माथि फाराकिलो अन्तरत आफूलाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा प्रस्तुत गरेको रेफ्री नविन बुमीले जानकारी दिनुभयो ।
रेफ्री बुमीका अनुसार तेस्रो दिनका खेल भाली आइतबार बिहान ७ बजेदेखि अदानचुली ३ कै खेलमैदानमा शुरु हुने भएको छ ।
सेमीफाइनलका खेल रजिष्टर रेफ्रीले खेलाउने
कर्णाली किड्स कपका क्वाटर फाइनल, सेमिफाइन र फाइनलका खेल रजिष्टर रेफ्री मोहन रोकायाको नेतृत्वमा खेलाइने भएको छ ।
खेल स्थानीयः सन्देश विश्वको भन्ने मान्यताका साथ नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ का शुरुका दुई दिनका खेल रेफ्री नविन बुमी, विासल भण्डारी, मदन बोगटी र डेनी दानीले खेलाइरहेको भएपनि क्वाटर फाइनल, सेमी फाइनल र फाइलन खेललाई थप व्यवस्थित र नीति संवत बनाउन कर्णाली प्रदेश खेलकुद परिषदमा दर्ता भएका रेफ्री मोहन रोकायाले प्रतियोगिता स्थल अदानचुलीमा आएसंगैं अबका खेल दर्तावाल रेफ्रीबाट सञ्चालन हुने आयोजक संस्था रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो । उहांका अनुसार प्रतियोगितालाई अन्तराष्ट्रिय मुल्य र मान्यताका साथ सञ्चालन गर्ने गरी दर्तावाल रेफ्रीले प्रतियोगिताको नेतृत्व गर्नु हुनेछ ।
नेपालमा पहिलो पटक आयोजना भैरहेको कर्णाली किड्स कप प्रतियोगिताको बिजेताले नगद रु. ३० हजार, दोस्रो हुनेले नगद रु. २० हजार र तेस्रो हुनेले नगद रु. १० हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।