काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले बेहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्।
एघार वर्षपछि पार्टी राजनीतिमा फर्किएकी उनले एमालेको राष्ट्रिय भेलामा गरेको यो पहिलो राजनीतिक सम्बोधन हो।
राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन, उनले भनिन्।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा धक्का बेहोर्नुपरे पनि आगामी चुनावमा त्यसको जवाफ दिइनुपर्ने बताइन्।
‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन्।
भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रस्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक(आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको दाबी गरिन्।
मुलुकमा शान्ति सुरक्षा चिन्ता जनाउने अवस्थामा पुगेको उनको भनाइ छ।
‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको छ, समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्छ,’ उनले थपिन्।
पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ९जबज० लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने धारणा भण्डारीले गरिन्।
आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठुलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न पनि उनले नेताकार्यकर्तालाई निर्देशन दिइन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३ १४:००