अदानचुली (हुम्ला) । नेपालमै पहिलो पटक आयोजना गरिएको कर्णाली किड्स कपको तस्रो उपाधी अदानचुली १ को जनकल्याण आधारभूत विद्यालयले हात पारेको छ ।
प्रतियोगिताको चौथोे दिनको सेमि फाइनलमा मष्टादेव प्राथमिक विद्यालयलाई सुन्यका विरुद्ध ४ गोल गर्दै कपको तेस्रो स्थान हाँसिल गरेको छ । जनकल्याणका तर्फबाट हेमराज दानीले ३ गोल, सुमन दानीले १ र १ आत्मघाती गोल गर्दै जनकल्याण कपको तेस्रो स्थान हाँसिल गर्न सफल भएको कपका प्रमुख रेफ्री मोहन रोकायाले जानकारी दिनुभयो ।
फाइनलका सुर्योदय र छत्रपाल भिड्दैं
बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको कर्णाली किड्स कपको फाइनलमा सुर्योदय माध्यमिक विद्यालय र छत्रपाल आधारभूत विद्यालय भिड्ने भएका छन् ।
सोमबार भएका सेमिफाइनलका खेलमा प्रतिष्प्रधीलाई पराजय गर्दै अदानचुलीको एकमात्र उच्च माध्यमिक विद्यालय रहेको सुयोद्यय र छत्रपाल आधारभूत विद्यालय बिच कपको उपाधीका लागि खेल हुने भएको आयोजक संस्था रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो ।
प्रतियोगिताको उत्कृष्ट टिमका रुपमा रहेको छत्रपालले जनकल्याण आधारभूत विद्यालयलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने मष्टादेव प्राथमिक विद्यालयलाई पराजित गर्दै सुर्योदय माध्यमिक विद्यालय पराजित गर्दै फाइनल खेलमा प्रवेश गरेको हो ।
माउण्ट एभरेष्ट इंलिस बोडिङ स्कुलका सञ्चालक कालिबहादुर थापाले जानकारी दिनुभयो ।
गरेर फाईनलमा पञ्वेस गरेको छ । सेमि फाईलनमा उप विजेता रहेर तृतियको लागि खेलाईएको मष्टादेव पावि र जनकल्याण आधारभुत विद्यालय बिचको फाईनल खेलमा जनकल्याण विजयी भएको मुख्य एम्पायर मोहन रोकायाले बताउनु भएको छ । जनकल्याणका तर्फ बाट हेमराज दानीले ३ सुमन दानीले १ र १ आत्मघाती गोल गरेर ०का विरुद्ध ५ गोल गरेर विजेता बनेको छ भने मुख्य एम्पाएर रोकायाका अनुसार फाईनल खेल भोली बिहान १० बजेदेखि अदानचुली ३ कै खेल मैदानमा शुरु हुने भएको छ ।