भदौ २८, काठमाडौं: एक खर्ब १६ अर्ब को लागनीमा आगामी तिन वर्षमा नेपालको संघिय राजधानी काठमाडौंमा मनो रेल सञ्चालन हुे भएको छ ।
काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन ९सिआरसिसी० सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् ।
काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार (आज) सहमती पत्रमा हस्ताक्षर भएको हो ।
एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने त्रिपक्षिय सम्झौतामा उल्लेख गरिको छ । मोनो रोलको संरचना निर्माण भएपछि साझेदार चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमतिमा उल्लेख छ ।
विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न दिइने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
शाक्यका अनुशार संझौता तीन चरणमा निर्माण गर्ने गरी भिएको छ । संझौता भएको मितिले ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताएका शाक्यले नेपालबोर्ड सँग भने 'मनो रेल कोटेश्वर कलंकी, कलंकी महाराजगन्ज र महाराजगन्ज कोटेश्वर खण्ड गरी तीन चरणमा निर्माण हुनेछ ।' तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने सक्ने क्षमता मोनो रेलको हुनेछ ।
मोनो रेलबारेको प्रारम्भिक अध्ययनले उपत्यकामा भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिकरुपमा सञ्चालन गर्न सकिने देखिएको ललितपुर महानगरका मेयर चिरिवावु महर्जनले जानकारी दिए । उनका अनुशार काठमाडौं र ललितपुरमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् ।