काठमाडौं। इन्डियन प्रिमियर लिग ९आइपिएल० अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ।
गएराति भएको खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएको हो।
राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जाबले १८।५ ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गर्यो।
त्यसक्रममा कप्तान शाम करण ६३ र आशुतोष शर्मा १७ रन हानेर नट आउट रहे।
कप्तान शाम करणले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ११ बल खेलेका आशुतोष शर्माले १ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि रिली रोसोले १३ बला ५ चौका हानेर २२ रन बनाएका थिए।
जितेश शर्माले २० बलमा २ छक्का प्रहार गरी २२ रन जोडे।
ओपनर प्रबसिमरन सिंह ६ रन र जोनी बैर्स्टो १४ रन बनाएर आउट भएका थिए।
बलिङतर्फ राजस्थानका अवेश खान र युजवेन्द्र चाहलले २र२ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो।
त्यस क्रममा रियान परागले सर्वाधिक ४८ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे।
त्यस्तै रवीचन्द्रन अश्विनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रन जोडे।
टम कुलर कडमोर र कप्तान सन्जु सामसन १८र१८ रन बनाएर आउट भएका थिए। ती बाहेक राजस्थानका अन्य ब्याटर चल्न सकेनन्।
बलिङतर्फ पञ्जाबका साम करण, हर्षल पटेल र राहुल चाहरले २र२ विकेट तथा अर्शदीप सिंह र नाथन इलिजले १र१ विकेट लिए।
राजस्थान र पञ्जाब दुवै टिमले लिग चरणमा थप एक खेल खेल्न बाँकी छ। १६ अंक बनाएर दोस्रो स्थानमा रहेको राजस्थानको प्लेअफमा पुगिसकेको छ भने १० अंक बनाएर नवौं स्थानमा रहेको पञ्जाबको प्लेअफ सम्भावना सकिएको छ।