काठमाडौं । जारी टी-२० विश्वकपमा नेपालले हारबाट शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।
त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३/३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २/२ विकेट लिएका थिए ।
यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ विकेट हासिल गरेको छ । अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।