सरकारले आर्थिक वर्ष २०७६।७७ को बजेट सार्वजनिक गरेको छ ।
दुवै संघीय संसदको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२।४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६।६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको हो ।
बजेटको स्रोत व्यवस्थापन राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ गरिने अर्थमन्त्री खतिवडाले बताए ।
बजेटमा राजस्व र वैदेशिक अनुदानबाट प्राप्त रकमपछि ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख अपुग हुनेछ । जसको पूर्ति वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ ब्यहोर्ने अर्थमन्त्री खतिवडाले बताएका छन । त्यसपछि पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने आन्तरिक ऋण उठाइने उनले बताएका छन ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।यसैगरी बजेटमा स्वास्थ्य क्षेत्रका लागि भने ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।