सिमकोट । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफु हुम्लामा पुगेको एक सय दिनको उपलक्षमा उपलब्धी सार्वजनिक गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेय हुम्लामा कार्यरत भइरहदा सय दिनमा २७ वटा उपलब्धिको सार्वजनिक गर्नुभएको छ । आइतबार जिल्ला स्थित सञ्चारकर्मीसँग आफु जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको एक सय दिनको उपलब्धिको सार्वजनिक गर्नुभएको हो । मिति २०८१।०६।१० मा जिल्ला सुरक्षा समितिको बैठक राखी जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखज्यूहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायत अन्य समग्र बस्तुस्थितिको बारेमा जानकारी प्राप्त गरेको ।
प्रमुख जिल्ला अधिकारी पाण्डेय जिल्ला पुगेपछि हुम्लाको समग्र विकास निर्माण एवम् सुशासन लगायतको विषयमा भूमिका निर्वाह गरेको, गुनासोरहीत सेवा प्रवाह सुनिश्चितता सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउनुका साथै जिल्लामा सुशासनको अवस्था कायम गर्ने गरी कार्यसम्पादन, जिल्ला स्थित राजनितिक दलहरुसँग समन्वय गरी जिल्लाको प्रमुख समस्या शान्ति सुरक्षा, विकास निर्माण, हवाई, विद्युत, सञ्चार लगायतका सेवामा प्रभावकारीता, त्यसैगरी जिल्ला पुग्न बाजुरको पिलीखोला पिलिचौरामा समस्या झेल्दै आएको समस्याको समाधान, जिल्लास्थित सञ्चारकर्मीसँगको समन्वयमा प्रभावकारीता, व्यापार व्यवसायी, उपभोक्तासँग समन्वय, सहकार्य, जिल्लामा हुने लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सुरक्षा निकायलाई यसको नियन्त्रण, न्युनिरकणमा जोड, हवाई टिकट र हवाई भाडामा सहजीकरण सम्बन्धमा सुरक्षा निकायका प्रमुख, नागरिक उड्डययन कार्यालय प्रमुख, हवाई यातायात व्यवसायी लगायत अन्य सरोकारवालासँग समनवय उपलब्धि भएको बताइएको छ ।
साथै हवाई टिकटको माग बमोजिम सम्बन्धित एयरलाइन्सको उपलब्धका आधारमा जिल्लाका राजनीतिक दलहरु तथा अन्य सरोकारवालाहरुसँग बैठक गरी हुम्ला जिल्ला केन्द्रीय सडक सञ्जालसँग प्रत्यक्षरुपमा जोडिइनसकेको सन्दर्भमा हुम्लाबासीको हवाई यातायातलाई सहज र सुलभ गराउन गराउन पहल, जिल्ला प्रशासनबाट हुने विभिन्न सेवाप्रवाहमा छिटो छरितोसहित सातवटै स्थानीय तहबाट नागरिकता सिफारिस कार्यान्वयन गर्न अनुरोध, आगलागीमा आधारित कृत्रिम घटना अभ्यास, सिमकोटको विद्युत सवष्टेसन निर्माण जसत सक्दो चाडो सम्पन्न गर्न पहल, चीनको ताक्लाकोटमा हुने अन्तर्देशीय समकक्षी बैठकमा सहभागी भएर सिमा पास थप व्यवस्थित, ताक्लाकोटमा रहेका हुम्लीको सुरक्षा चासो लगायत, देशभर फैलिएको डेङ्गु नियन्त्रणमा सजक रहन सम्बन्धित पक्षको ध्यानकर्षण, हुम्ला पुग्नुभएका कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कडेललाई जिल्लाको समग्रह विकास निर्माण तथा सुशासन सम्बन्धमा जानकारी, सहित जिल्लमा लैगिक हिंसा, उपनिर्वाचन शान्त मर्यादित सम्पन्नका साथै दैनिक क्रियाकलाप देखि हुम्लामा भए गरेका हरेक विषयमा प्रभावकारी भूमिका निर्वाह गरेको सय दिनका उपलब्धिका रुपमा लिइएको छ ।
यस्ता छन् २७ वटा उपलब्धि
१) गृह मन्त्रालयको पत्र संख्या आ.ब. २०८१।८२ च.नं. नि.क.प्र.÷०५÷१६१ मिति २०८१।०६।०२ को सरुवा सम्बन्धी पत्र तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतको प।सं। २०८१।०८२ (प्रशासन) च.नं. १२८६ मिति २०८१।०६।०८ को रमाना पत्रानुसार मिति २०८१।०६।१० गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा पद बहाली गरी आफूलाई तोकिएको जिम्मेवारी ग्रहण गरेको ।
२) मिति २०८१।०६।१० मा जिल्ला सुरक्षा समितिको बैठक राखी जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखज्यूहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायत अन्य समग्र बस्तुस्थितिको बारेमा जानकारी प्राप्त गरेको ।
३) मिति २०८१।०६।११ मा कार्यालय प्रमुखहरुको बैठक राखी जिल्लाको समग्र विकास निर्माण एवम् सुशासन लगायतको विषयमा जानकारी प्राप्त गरी गुनासोरहीत सेवा प्रवाहको सुनिश्चितता गर्दै सेवा प्रवाहमा थप प्रभावकारिता ल्याई जिल्लामा सुशासनको अवस्था कायम गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन भएको ।
४) मिति २०८१।०६।११ मा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखज्यूहरुसँग बैठक राखी जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण, हवाई यातायात सेवा, सेवा प्रवाह, सुशासन तथा आम जिल्लाबासीका अपेक्षा लगायतका विषयमा जानकारी प्राप्त गरी आफू यस जिल्लामा कार्यरत रहदासम्म शान्ति सुरक्षा, विकास निर्माण, हवाई यातायात सेवा, सेवा प्रवाह, सुशासन तथा आम जिल्लाबासीका अपेक्षा लगायतका विषयमा सकारात्मक नतिजा ल्याउने गरी कार्य गर्ने प्रतिवद्धता गरेको।साथै राजनीतिक दलहरुको तर्फबाट सकारात्मक नतिजा ल्याउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त भएको ।
५) मिति २०८१।०६।१२ मा सुर्खेतरनेपालगञ्जबाट दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्लाको सर्केगाडसम्म आउने सार्वजनिक यातायातका साधनलाई बाजुराको पिलिखोलारपिलिचौर भन्ने स्थानमा त्याहाँका यातायात तथा होटल व्यवसायीले हुम्लाबासीलाई सहज आवागमनमा अवरोध गरी यातायातका साधनबाट यात्रुलाई ओरालेर एकदिन बास बस्न र आफ्नो स्वामित्वका सवारी साधनमा यात्रा गर्न बाध्य पार्ने तथा ढिलो यात्रा गराउने र चर्को भाडा असुल्ने गरेको गुनासो प्राप्त भएपछि तत्कालै बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी उक्त गुनासोको सम्बोधन गरेको ।
६) मिति २०८१।०६।१२ मा जिल्लामा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुसँग छलफल गरी सञ्चार क्षेत्रसँग सम्बन्धित समस्या र जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी प्राप्त गरी जिल्लामा सुशासन कायम गर्न समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको।
७) मिति २०८१।०६।१३ मा हुम्ला जिल्लाका उद्योगी व्यवसायीहरुसँग बैठक गरी व्यापार व्यवसायसँग सम्बन्धित विषयमा छलफल गरिएकोमा आगामी दिनमा उपभोक्तामैत्री व्यापार व्यवसाय प्रवद्र्धन गर्न सरोकारवाला सबै पक्षले आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिएको ।
८) मिति २०८१।०६।१४ मा लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सुरक्षा निकाय तथा सरोकारवालाहरुसँगको बैठक गरी लागु औषध दुरुपयोग नियन्त्रण गर्न स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गर्ने, स्थानीय तहहरुले युवाक्लबहरुलाई परिचालन गर्ने, औषधि पसलहरुमा स्वास्थ्य कार्यालयबाट अनुगमन गर्ने, रेडियो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णयहरु गरी कार्यान्वयन गरिएको ।
९) मिति २०८१।०६।१४ मा हवाई टिकट र हवाई भाडामा सहजीकरण सम्बन्धमा सुरक्षा निकायका प्रमुख, नागरिक उड्डययन कार्यालय प्रमुख, हवाई यातायात व्यवसायी लगायत अन्य सरोकारवाला समेतको बैठक गरी हवाई टिकटको अभाव हटाउने तथा हवाई भाडालाई बैज्ञानिक र व्यवस्थित बनाउने सम्बन्धमा विभिन्न निर्णय भएको ।
१०) मिति २०८१।०६।१६ मा हवाई टिकटको माग बमोजिम सोको उपलब्धता सम्बन्धमा जिल्लामा क्रियाशील राजनीतिक दलहरु तथा अन्य सरोकारवालाहरुसँग बैठक गरी हुम्ला जिल्ला केन्द्रीय सडक सञ्जालसँग प्रत्यक्षरुपमा जोडिइनसकेको सन्दर्भमा हुम्लाबासीको हवाई यातायातलाई सहज र सुलभ गराउन हवाइ जहाजहरुको सँख्या थप गर्ने लगायतका उपायहरु अवलम्बन गर्नुपर्ने निष्कर्ष सहित सोको लागि माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रीज्यूसँग टेलिफोनबाट अनुरोध गरिएको ।
११) मिति २०८१।०६।१६ मा जिल्ला प्रशासन कार्यालयबाट हुने नागरिकता सम्बन्धी कार्यलाई छिटो, छरितो, बैज्ञानिक, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउनका लागि सातवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रविधि अधिकृतहरुसमेतको बैठक राखी जिल्लाका सातवटै स्थानीय तहमा प्रणाली मार्फत स्थानीय तहबाट नागरिकता सिफारिस कार्यान्वयन गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गरिएकोमा त्यसका लागि सबै स्थानीय तहहरु तयार रहेको निर्णय गरी आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको ।
१२) मिति २०८१।०६।२१ मा आगलागीमा आधारित कृत्रिम घटना अभ्यास (Imulation) गरिएको । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त सहभागितामा सिमकोटको सिममा गरिएको उक्त अभ्यास कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु, रेडक्रश, गैर सरकारी संस्था महासंघ तथा सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको थियो।
१३) मिति २०८१।०६।३० मा सिमकोट गाउँपालिका वडा नं. ५ मा निर्माण गरिने विद्युत सवष्टेसन निर्माणका क्रममा देखापरेको समस्या समाधानका लागि सर्वदलीयरसर्वपक्षीय बैठकको आयोजना गरिएको । उक्त बैठकमा हालसम्मको कार्यप्रगति, कानूनी पक्ष, विस्तृत परियोजना प्रतिवेदन, सुरक्षा जोखिम तथा सोको समाधान लगायतका विषयमा अर्को बैठकमा विस्तृत प्रस्तुतीकरण गर्ने समझदारी गरिएको ।
१४) मिति २०८१।०७।०२ मा चीनको ताक्लाकोटमा हुने अन्तर्देशीय समकक्षी बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको । नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी तथा चीनको तर्फबाट म्ब व्ष्भ को नेतृत्वमा भएको उक्त बैठकमा अस्थायी पास वितरण प्रक्रियालाई थप व्यवस्थित गर्ने, ताक्लाकोटमा रहेका नेपालीहरुको सुरक्षा चासो लगायतका विभिन्न विषयमा छलफल गरी आपसी समझदारीको अवस्था निर्माण गरिएको ।
१५) मिति २०८१।०७।०९ मा देशव्यापीरुपमा डेङ्गुको सङ्क्रमण फैलिइरहेको सन्दर्भमा ×डेङ्गुका लार्भा खोज र नष्ट गरू अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय लगायत जिल्लास्थित सबै सरकारी कार्यालयमा बिहान १०ः०० बजेदेखि १०ः१० बजेसम्म डेङ्गुका लार्भा उत्पादन हुने सम्भावित पानी जम्ने स्थान सफा गरी लार्भा जन्मने र हुर्कने स्थान खोजी गरी सफा गरिएको ।
१६) मिति २०८१।०७।१२ मा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री यामलाल कडेलज्यूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकको आयोजना गरिएको । जिल्लास्थित सबै राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेको उक्त बैठकमा विभिद विषयमा छलफल गरी माननीय मुख्यमन्त्रीज्यूबाट जिल्लाको समग्र विकास निर्माण तथा सुशासन सम्बन्धमा विभिन्न निर्देशन भएको।
१७) मिति २०८१।०७।२७९३० मा चीनको ताक्लाकोटमा आयोजित The Second Informal Meeting of 2024 Between Pulan County in lAi, Xizang, China and Humla, Bajhang and Darchula Districts in Nepal सम्बन्धी बैठकमा सहभागी भएको। प्रमुख जिल्ला अधिकारीको नेतृत्व एवम् ताँजाकोट, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा भएको उक्त बैठकमा Boundary River Bridge, Border Port Facilities, MoU on Aid to Nepal लगायतका विभिन्न एजेण्डा छलफल भई उल्लेखित एजेण्डामा आपसी समझदारीको अवस्था निर्माण भएको थियो ।
१८) मिति २०८१।०८।१० मा स्वास्थ्य सेवा कार्यालय, हुम्लामा आयोजित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (One(stop Crisis Management Center (OCMC) को बैठकमा सहभागी भएको।उक्त बैठकमा लैङ्गिक हिंसा पीडितहरुको उद्धार तथा मनोसामाजिक परामर्श लगायतका विभिन्न एजेण्डामा छलफल भई विभिन्न निर्णयहरु भएको ।
१९) मिति २०८१।०८।११ मा सिमकोट र खार्पुनाथ गाउँपालिकाको सीमामा रहेको चुवाखोलामा बेलिब्रिज निर्माणको आवश्यकता र सम्भाव्यता सम्बन्धमा स्थलगत अवलोकन गर्न माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री देवेन्द्र दाहाल, माननीय रक्षा मन्त्री श्री मानवीर राई, नेपाली सेनाका प्रधान सेनापति श्री अशोक राज सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री केशव कुमार शर्मा र रक्षा मन्त्रालयका सचिव श्री रामेश्वर दंगाल आउनुभएको सन्दर्भमा उक्त अवलोकन कार्यक्रममा सहभागी भएको ।
२०) स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत २०८१।०८।१६ मा भएको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।यस उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
२१) मिति २०८१।०८।२१÷२६ मा चीनको Xizang को Lhasa मा आयोजित To Promote Relation Between the Immigration Authorities and Maintain Border Security and Qmabliity of Our Two Countries कार्यक्रममा सहभागी भएको। अध्यागमन विभागका महानिर्देशकको नेतृत्वमा हुम्ला, मुस्ताङ, रसुवा र सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित अध्यागमन कार्यालय त्रि।अ।वि।का प्रमुख अध्यागमन अधिकृत सहभागी भएको उक्त कार्यक्रममा दुबै देशका सीमा र अध्यागमन प्रशासनलाई थप व्यवस्थित गर्ने लगायतका विषयमा छलफल भएको ।
२२) मिति २०८१।०९।०१ मा कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिका वडा नं। ५ र ६ सँग सम्बन्धित ८०० मिटर विवादित खण्डको समस्या समाधान गर्न सर्वदलीयरसर्वपक्षीय बैठकको आयोजना गरिएको।उक्त बैठकमा विस्तृत आयोजना प्रतिवेदन अनुसार अवरुद्ध सडकको निर्माण कार्य सुचारु गर्न सम्बद्ध सबै पक्षले सहयोग गर्ने निर्णय भएको ।
२३) मिति २०८१।०९।०८ मा विपद्को क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँगको बैठकको आयोजना गरिएको।उक्त बैठकबाट ×जाडोयाम शुरु भइसकेकोले जाडोयाममा यस जिल्लामा अत्यधिक हिमपात भई सामान्य जनजीवन समेत प्रभावित हुनसक्ने हुँदा हिमपातबाट अवरुद्ध हुने विद्युत, खानेपानी, सिंचाइ, सञ्चार, यातायात जस्ता अत्यावश्यक सेवाहरुको तत्काल मर्मत सम्भार गरी सेवा सुचारु गर्न सम्बन्धित सेवा सञ्चालन गर्ने कार्यालयहरु आवश्यक तयारीको अवस्थामा रहने र हिमपातबाट प्रभावितहरुको तत्काल खोज, उद्धार तथा राहत लगायतका समग्र विपद् व्यवस्थापन सम्बन्धी कार्यका लागि सम्पूर्ण सुरक्षा निकाय तम्तयारीको अवस्थामा रहनेू लगायत विभिन्न निर्णयहरु भएको ।
२४) मिति २०८१।०९।११ मा राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडद्वारा निर्माण गरिने हुम्ला/पुकोट ४०० के.भी. विद्युत प्रशारण लाइन आयोजना अन्तर्गत सर्केगाड गाउँपालिका वडा नं। १ को तुम्चमा हुम्ला सवस्टेशन निर्माणका लागि अधिग्रहण गरिने जग्गा सम्बन्धी बैठक भएको।उक्त बैठकबाट अधिग्रहण गरिने जग्गा रोक्का राख्न मालपोत कार्यालयलाई अनुरोध गर्ने तथा हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने लगायतका विभिन्न निर्णय भएको ।
२५) मिति २०८१।०९।१६ मा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको।उक्त बैठकबाट विपद् जोखिम न्यूनीकरण लगायतका समग्र विपद् व्यवस्थापनसँग सम्बद्ध विभिन्न निर्णयहरु भएका।
२६) मिति २०८१।०९।१८ मा कार्यालयको काम, कारवाहीलाई स्वच्छ, पारदर्शी र बस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको।जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयको सहभागितामा भएको उक्त सुनुवाइ कार्यक्रममा उपस्थितहरुका तर्फबाट उठेका जिज्ञासा तथा सुझावहरुको सम्बन्धित कार्यालयको तर्फबाट सम्बोधन गरिएको ।
२७) जिल्ला प्रशासन कार्यालयबाट सेवा प्राप्त गर्न आउने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा हुलाक टिकट उपलब्ध नभएको, हुलाक टिकट कहाँ पाइन्छ भन्ने जानकारी समेत नभएको, अङ्कित मूल्य भन्दा चर्को मूल्यमा बजारबाट खरिद गर्नुपरेको, जिल्ला हुलाक कार्यालय जिल्ला प्रशासन कार्यालय बाट टाढा भएकोले टिकट प्राप्त गर्न समस्या भएको हुँदा जिल्ला प्रशासन कार्यालयबाट सेवा प्राप्त गर्न असुविधा भएको भनी गुनासो गर्ने गरेको हुँदा जिल्ला हुलाक कार्यालयसँग समन्वय गरी मिति २०८१।०९।२१ देखि जिल्ला प्रशासन कार्यालयबाटै अङ्कित मूल्यमा हुलाक टिकट उपलब्ध हुने व्यवस्था मिलाइएको।