१९, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका नेताहरुले पार्टी एकताको काम केन्द्रको ढिलाईका कारण जिल्ला र स्थानीय तहमा पुग्न नसकेको प्रष्टिकरण दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक होटेलमा जारी प्रदेश कमिटिको दोस्रो दिनको बैठकमा आप्mना लिखित तथा मौखिक प्रतिवेदन पेश गर्ने कर्णाली प्रदेशका नेताहरुले उक्त प्रष्टिकरण दिएका छन् । वैठकमा आप्mना साँगठनिक प्रतिवेदन पेश गर्दे कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले भने, “पार्टी एकिकरण भएको एक वर्षसम्म जिल्ला र स्थानीय तहमा पार्टी एकिकरण अभियानले पूर्णता लिन नसक्नु आफैमा दुखत पक्ष हो तर केन्द्रको पार्टीको निर्णयका कारण हामील समयमा यस कामलाई पूर्णता दिन नसकेका हौं ।”
प्रदेशको पहलिो बैठक पश्चात प्रदेशका अधिकांश जिल्लामा सञ्चालन भएका पार्टीका गतिविधि र साँगठनिक विषयलाई उल्लेख गरेका बोगटीले अब प्रदेशको पार्टी निर्माणको कामलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गरे ।
बैठकलाई संवोधन गर्दै आफ्ना १५ बुधें पार्टीको वर्तमान अवस्था र भावी कार्य योजना सम्बन्धि प्रस्तुत गरेका नेकपा स्थायी कमिटि सदस्य समेत रहेका कर्णाली इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपालाई आजको भन्दापनि भावी पुस्ताको लोभलाग्दो पार्टी निर्माण गर्ने कार्यभार प्रदेश कमिटिका सबै सदस्यको रहेको उल्लेख गर्दै सबैलाई पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।
प्रस्तावमाथि छलफल गर्न पाँच समुह
बैठकका प्रस्तावमा प्रदेश सदस्यहरुको राय बुझ्न पाँच समुह बनाएर छलपल भएको छ । पार्टीले सञ्चालन गरेका हालसम्मका गतिविधि, तिनै तहका सरकार सञ्चालन, प्रदेश, जिल्ला र स्थानीय तहसम्मको पार्टी एकिकरण् प्रक्रिया तथा पार्टी निर्माण र भावी कार्य योजनाका विषयमा छलफल गर्न बैठकले समुह विभाजन गरेर छलफल गरेको बैठकमा सहभागि नेकपाका कर्णाली प्रदेश सदस्य हस्तबहादुर शाहीले जानकारी दिए ।
प्रस्तावमा समुहगत छलफल गरेर आप्mना समुहका निचोड समेत प्रस्तुत भएको बताएका शाहीका अनुशार अधिकांश सहभागिले जिल्ला र स्थानीय तहसम्म पार्टी एकिकरणमा भएको बिलम्ब प्रति निकै आक्रोस व्यक्त गरेका छन् ।
बैठकमा समुह १ बाट गोमा वली, समुह २ बाट देवी ओली, समुह ३ बाट पार्वती बिसुंखे, समुह ४ बाट बिरबहादुर कुँवर र समुह ५ बाट हस्तबहादुर शाहीले समुहका निचोड प्रस्तुत गरेका थिए ।