जेठ १९, सुर्खेत । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुमा पछिल्लो समय देवत्वकरण बढ्दै गएको कर्णाली प्रदेश कमिटिका सदस्यहरुले आरोप लागएका छन् ।
सुर्खेतमा जारी दोस्रो प्रदेश कमिटि बैठकमा समुहगत छलफल गर्दै कर्णाली प्रदेश कमिटिका सदस्य समेत रहेका नेकपाका कर्णालीका नेताहरुले जनवादी केन्द्रियताको मुल आर्दश मान्ने पार्टीमा निश्चित जिम्मेवारीमा रहेका नेताको मात्रै बोलवाला हुने देवत्वकरण बढ्दै गएको आरोप लगाएका छन् ।
नेताले चाहेमा जुनसुकै पृष्ठभूमि किन नहोस् उसले सेवा सुविधा जिम्मेवारी पाउने नत्र पार्टीमा जति नै वलिदानी दिएको भएपनि नेताको नजरमा नपरेसम्म केही नहुने प्रचलन पार्टीमा बढ्दै गएका भन्दै त्यसको अन्त गर्न चर्को दवाव दिएका छन् । पाँच समुहमा विभाजन भएको बैठकमा आप्mनो समुहको निचोड प्रस्तुत गर्दै युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका प्रदेश सदस्य हस्तबहादुर शाहीले भने, “नेकपा अहिले नेताहरुको देवत्वकरण, साँगठनिक अराजकिकरण र कार्यकर्ता भर्तिकरणको शैलिमा सञ्चालन हुदैं आएको छ ।”
शदियौ देखि नागरिकले कम्युनिष्टको दुईतिहाईको सपना देखेर अनेकन संघष गर्दै कम्युनिष्ट पार्टीमा लागेको भएपनि अहिले तिनै तहका सरकार सञ्चालन गरेको नेकपाले नागरिकलाई खासै कम्युनिष्ट सरकारको प्रत्याभुती दिलाउने काम नगरेको बताएका समुह नम्बर ४ का टोली नेता बिरबहादुर कुँवरले पार्टीलाई पछिसम्म जनप्रीय बनाउन केन्द्रदेखि नै नेताहरुका प्रवृतीमा सुधार आउनु पर्नेमा जोड दिए ।
तिनै तहका सरकार पार्टीको माहतमा सञ्चालन हुनु पर्ने बताएकी समुह नम्बर १ की नेता गोमा वलीले भनिन्, “त्यसका लागि अब पार्टी एकिकरण प्रक्रिया वडा स्तरसम्म पुग्नु पर्यो ।”
साविकको नेकपा एमाले र माओवादी केन्द्रबिच एकिकरण भई नेकपा गठन भएको वर्ष दिनपश्चात जिल्लामा अध्यक्ष र सचिवमात्रै तोकिएकोले पार्टीका गतिविधि गाउँमा नगएकाले पनि बिरोधीले बढी कुरा काटेको बताएकी समुह ३ कि नेता पार्वति बिसुंखेले जतिसक्यो पार्टीको एकिकरण प्रक्रियालाई टुंगोमा पुर्याउन जोड दिईन ।
बैठमा अधिकांश प्रदेश कमिटिका सदस्यले ढिलोमा असार १५ भित्रमा जिल्ला र स्थानीय तहका कमिटिमा एकिकरणको काम सक्न नेतृत्वलाई दवाव दिएका छन् ।