जेष्ठ २१, हुम्ला । गत वर्ष देखीएको मलेरियाको रोकथामको लागि यस वर्ष हुम्लाको ताँजाकोट गाउँपालीका वडा नं. ३ र ४ मा समयमै कीटनाशक झूल बितरण बितरण गरीएको छ लामखुट्टेको टोकाइबाट हुने मलेरिया रोकथाम गर्न हुम्लाको ताँजाकोट गाउँपालिकामा कीटनाशक झूल वितरण गरिएको छ । गत बष ताजाकोट मैला स्वास्थ्य चौकिमा गत साउन,भदौ महिनामा रगत परिक्षण गरि वडा नं ३ र ४मा औलो जोरोका बिरामि भेटिएकाले त्यसैको रिपोटको आधारमा ईपिडिमियोलोजि महाशाषाले तेसै अनुशरू किटानास झुल बितरण गरीएको मैला स्वास्थ्य चौकी ईन्चार्ज धनराज ढकालले बताए ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहयोगमा दुई वडाका १४ सय जनालाई झूल वितरण गरिएको हो । ताँजाकोट गाउँपालीका २ नम्बर वडाका केहि घरधुरीलाई पनि बितरण भैसकेकोले बाँकी घरधुरीलाई पनि ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा तथा ताँजाकोट गाउँपालीकाले ढुवानी गरी २ नम्बर वडाका सबे घरधुरीलाई केहि दिनमै बितरण गर्ने तयार िभैरहेको ताँजाकोट गाउँपालीकाका अध्यक्ष बागदल छत्यालले बताए ।
तर गतवर्ष ताँजाकोटका पाँचजना बिरामीमा भाइभेक्स मलेरियाको जीवाणु फेला परेको मैला स्वास्थ्यचौकी प्रमुख धनराज ढकाले बताए । यो वर्ष भने स्वास्थ्यचौकीको पहलमा तथा ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा समयमै सतर्कता अपनाउन थालिएको पनि बताए ।
हुम्ला लगायत ११ उच्च हिमाली जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने औलो र मलेरिया नहुने सरकारले दाबी गरीरहेको छ “उच्च हिमाली जिल्लामा औलो र मलेरिया हुँदैन भनेर कुनै सतर्कता अपनाइँदैनथ्यो, सरकारले रेकर्ड पनि केही खोज्दैनथ्यो”, उनले भने, “तर गत वर्ष साउन र भदौमा पाँच जना ताँजाकोट गाउँपालीकामा वडा नं. ३ र ४ मा भेटिएका थिए ।”
उक्त रिपोर्ट समयमैआफूले ईमीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएले अहिले समयमै सतर्कताका लागि महाशाखाबाट टोली आएको ईन्चार्ज ढकालले बताए । ताँजाकोट पुगेको महाशाखाको ४ जनाको टोलीले मैला स्वास्थचौकीको समन्वयमा जनचेतना जगाउने र झूल वितरण कार्य सम्पन्न गरेको छ ।
ढकाललले भने हामीले“स्वास्थचौकीका २० सहित २४ जना स्वाथ्यकर्मीको टोलीले दुई दिनसम्म घरधुरी सर्वेक्षण, उनीहरूको बसाइँको अवस्था लगायतको अध्ययन गर्यौ त्यस पश्चात जनचेतना जगाउने र झूल वितरण गर्ने काम गरेका हौ २ जना परिवार बरावर १ झुल बितरण गर्दै स्थानीयलाई लामखुट्टे रोकथामको उपाय, सरसफाइ र मलेरियाको बारेमा जनचेतना जगाइएको उनले बताए” ।
आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउने बिषयमा पालीका स्तरीय छलफल
सामाजीक बिकास शाँखाका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष धनलाल जैसीको अध्यक्षतामा तथा ताँजाकोकोट गाउँपालीकाका अध्यक्ष,उपाध्यक्ष सहित उक्त गाउँपालीकामा भएका सरोकारवाल निकाय सँग आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउने बिषयमा पालीका स्तरीय छलफल पनि मंगलबार ताँजाकोट गाउँपालीकामा सम्पन्न भएको छ । आज सम्पन्न उक्त बैठकले ताँजाकोट गाउँपालीका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुले ५ दिन भित्र स्वास्थ्य संस्थामा भएका समस्यालाई गाउँपालीकामा पेश गर्ने र सोही आधारमा गाउँसभाले बजेट बिनियोजन गर्ने ताँजाकोट गाउँपालीकाका अध्यक्ष छत्यालले बताए ।