काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिनुएको छ ।
सोमबार हुने मतदानका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । मनोनयन दर्ता गर्ने समयमा दुवै अध्यक्षका उम्मेदवारहरु पुरी र थेवे दुवै जनाले पार्टी निर्देशनबिपरित प्यानल बनाएर उम्मेदवारहरू खडा गरी चुनावमा होमिनु भएको हो ।
यस्ता छन्, प्यानल
पुरै प्यानल बनाएर नेतृत्व चुन्न थालेको युवासंघका बर्तमान अध्यक्ष थेबेको टिममा उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ । सो प्यानलबाट महासचिवमा महेश चौलागाईँले मनोनयन दर्ता गराउँदा उपमहासचिवमा उपेन्द्र शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।

थेबेको प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेतले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी दिनुभएको छ ।
यसैगरी लेखा आयोगको अध्यक्षमा किसुन जैशीले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, अनुशासन आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा थेवेको टीमबाट अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
यसैगरी क्षितिज थेबेलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवार बन्नुभएका महासचिव सुमन पुरीले आफ्नो टीम बनाउनु भएको छ ।
प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिनुभएका पुरीले पदाधिकारी र ४ आयोगको अध्यक्षमा टीम सार्वजनिक गर्नुभएको हो ।
पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमले उम्मेदवारी दिनुभएको छ । यस्तै महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माको उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी रहेको छ । महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादवले उम्मेदवारी दिनुभएको छ ।
पुरीको प्यानलबाट निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजङ्ग शाही तथा युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषले उम्मेदवारी दिनुभएको छ । नेतृत्व चयनको लागि सोमबार मतदान हुँदै छ । सोमबार नै निर्वाचनको नतिजा आउने छ ।
नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान हुन लागेको हो ।