जेष्ठ २५,हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्णाली प्रदेशका दशवटै जिल्ला कमिटी सदस्यहरुको नाम सार्वजनिक भएपछि पुर्व माओवादी हुम्लाका कार्यकर्ताले असन्तुष्टि जनाएका छन । पुर्व एमाले र पुर्व माओवादी केन्द्र एकीकरण गरी नेकपा निर्माण भएको महाना परिस्थीतिमा जिल्ला कमिटी गठन गर्ने क्रममा सिमकोट गाउँपालिका वडा दुई अन्तर्गत हिजोको माओवादी केन्द्र र एमालेको बहुमत ईलाका बाट एक जना पनि पार्टीको नजरमा नपरी खाली भोट बैंकका रुपमा हेरेको भन्दै साविक ठेहे वडा एक तीन चार, र पाँचका माओवादी केन्द्रका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन । पुर्व एमाले र माओवादी केन्द्रले आफुहरुलाई खाली भोट बैंकका रुपमा लिएको आरोप नेकपाका राम बहादुर बोहराको थियो ।
पुर्व नेकपा माओवादी केन्द्रको बहुमत भएको साविक वडा चारमा तीन जनाले देश र जनताको लागी ज्यान गुमाएता पनि पार्टीले मुल्याकन नगरेको डंसे रावलको गुनासो थियो । पार्टीको निम्ती आफ्नै दुईभाईले ज्यान गुमाएता पनि अहिले आएर पार्टीले मुल्याकन गरेन, खाली सहिदका सपना पुरा गर्छौ भन्यो भाषणमा व्यवहारमा देखाएन रावलको दुखेसो थियो । पार्टीले जुन वडामा बहुमत र बढी सहिद भएका छन तिनलाई भोटर मात्र सम्झेको लक्षमण भण्डारीको भनाई थियो । पार्टीले यसको सकरात्मक परिणाम नल्याए थप विरोधका कार्यक्रम गर्ने वडा दुईका विरमान सुनारको भनाई थियो । साविक वडा एक, तीन, चार र पाँचका ४५ घरधुरीले पार्टीको बिरोध गर्दै हस्ताक्षर सहित आज एक बिज्ञप्ती निकालेका छन । भरखरै सम्पन्नभएको जिल्ला कमिटी सदस्य छनोटमा पुर्व माओवादीबाट ७२ जना र एमालेबाट ६३ जनाको नाम सार्वजनिक भएको छ ।
साविक ठेहे वडा चारमा माओवादी केन्द्र र एमालेको बहुमतको वडा र दश वर्षे जनआन्दोलनमा एउटै वडाबाट तीन जनाले देश र पाटीको लागी बलिदा दिएता पनि कुनै मुल्याकन नगरेको भन्दै आज एक विज्ञप्ती निकालेका छन ।
नेकपाका ४५ घरधुरीले असन्तुष्टि जनाउदै विज्ञप्तीमा यसो भनिएको छ, नेतृत्व लिन चाकडी, मिथ्याबचन, जालसाजी झुटको खेती गर्नेले पाउने देखिन्छ ईमान, नैतिकता, लगनशिलता र जनमतको कदर नहुँने सावित देखियो अबका सबै टिके प्रथामा छनौट गर्ने मुल्याकन कर्तालाई आउदो दिनमा भोट माग्न हामी भोटरलाई घरदैलोको आगन प्रस्थान नगर्दा राम्रो हुनेछ नत्र भने बेलैमा सचेत भएर यसको परिमाण लाई व्यवास्ता गरे झन जटिल रुपलिने पक्का छ विज्ञप्तीमा भनिएको छ । यसका साथै आउने नुनसुकै नेकपाको जिल्ला देखि गाउँ सम्मका हरेक कार्यक्रम बहिस्कार गर्ने घोषणा गरीएको आजको विज्ञप्तीमा भनिएको छ ।