कञ्चनपुर । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको बताएका हुन् ।
चौतारीको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले भने, ‘अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ ।’
उनले प्रविधि र न्यू मिडिया मैत्री पत्रकारितालाई युगको आवश्यकता बताउँदै समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य भएको स्पष्ट पारे । ‘त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर्छ । नेपाली पत्रकारिताको दिशा–निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिनेछौं’, उनले जोड दिए
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण तथा बैठक कंचनपुरको महेन्द्र नगरमा आयोजना गरिएको हो । पार्टी स्थायी कमिटी सदस्य भानभक्त ढकाल, एमाले पोलिटब्यूरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित सहभागि रहेको प्रदेश अध्यक्ष नरेन्द्र कार्कीले जानकारी दिए ।