महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले लोकतन्त्रको मानक स्थापना गर्ने पार्टी भएको बताएका छन् ।
आईतबार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गदैँ महासचिव पोखेरेल यस्तो बताएका हुन् । पुर्व राष्ट्रपतीलाई राजनीतिमा ल्याउन उचित नहुने बताउदैँ मासचिव पोखरेलले एमाले अरु पार्टीलाई पनि आफ्नो बाटो डोर्याउनु पर्ने बताए ।
‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपती, सम्मानीत पदमा पुगी सकेको व्यक्ति सबैका साझा व्यक्ति बन्नु पर्दछ ।’ उनले थपे पुर्वराष्ट्रपतिबारे लामो छलफलपछि पार्टीले अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति राजनितिमा फर्किनु उचित हुदैँन भन्ने निर्णय गरेको हो, यो आज विद्यादेवी भण्डारीको लागि मात्रै गरेका होईन्भ, भोलीको विष्यका लागि पनि हो ।’
नेकपा माओवादी पुर्व राष्ट्रपतिलाई राजनीति फर्काएर गम्भीर त्रुटी गरेको ठोकुवा गरेको पेखरेलले एमाले गरेका निर्णय लोकतन्त्रका लागि निर्देशित गर्ने बताउँदै माओवादी केन्द्रको निर्णय लोकतन्त्रका लागि राम्रो नभएकाले त्यसलाई सच्याउनु पर्ने तर्फ गरे ।
अध्यक्षको दुई कार्यकाल हटाउने विषय दशौँ राष्ट्रिय महाधिवेशनको पहिलो एजेण्डाको रुपमा राखेर निर्णय गरिएको स्पष्ट पारेका महासचिव पोखरेलले भीम रावलले पार्टी हित विरुद्ध काम गरेकाले पार्टीबाट बाहिरिनु पर्नेको बताए ।
‘मुलधारका राजनीति दलमा भएको विद्रोह र पार्टीलाई देखाई दिन्छु भन्ने कुरा जनता र कार्यकर्ताले स्वीकार गर्दैन्न । अराजकता पार्टी निर्र्माणका लागि चुनौति र बाधक हो ।’ उनले पार्टीको विधि र अनुशासनलाई पालन गर्नुृपर्छ, ‘हामीे मिसन ८४ लाई सफल बनाउन र एमालेलेलाई बलियो राष्ट्रिय शक्ती बनाउने अभियानमा छौं,’ उनले थपे ‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्नु काम भईरहेको छ, त्यसको प्रतिवाद गर्नुु पर्दछ, पार्टीका नीति र निर्णयमा दृढताका साथ प्रस्तुत हुनुपर्छ ।’
समान्तहरुले जनताको युगलाई चनौति दिईरहेकाले त्यसका विरुद्ध नेकपा एमालेले शसक्त प्रतिवाद गर्नपनि उनले कार्यकर्तालाई निर्देशन दिएका पोखरेलले कांग्रेस एमाले मिलेपछि प्रचण्डमा छटपटी भएको पनि उल्लेख गरे ।
रास्वपा जनताको निरास, कुष्ठा र पपुलिज्ममा जन्मीएको बताउँदै उनले भने, 'अहिले उनिहरु एमाले विरुद्ध खिनिका छन् । अराजकताको र पपुलिज्मको आयु लामो हुदैँन् ।’ आफुले गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दैँ प्रचार गरिएको उनले आपत्ति प्रकट गरे ।