जेठ २६, सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्णाली प्रदेशका १० वटै जिल्लाको जिल्ला संरचना टुंग्याएको छ । नेकपाको कर्णाली प्रदेशको हालै सुर्खेतमा बसेको पूर्ण बैठकले १० वटै जिल्लाको जिल्ला संगठन टुंग्याएको हो ।
कर्णालीका १० वटा जिल्ला मध्ये सुर्खेत र दैलेखमा १ सय ४५ सदस्यीय जिल्ला समिति गठन गरिएका छन् भने अन्य ८ वटा जिल्लामा १ सय ३५ सदस्यीय जिल्ला समिति गठन गरिएका छन् । जस अन्तर्गत सल्यानमा १३ जनाको नाम भने समावेश गर्न बाँकी छ ।
नेकपाको कर्णाली प्रदेश समितिमा नेकपा निकट प्रेस संगठनका केही नेताहरु पनि समेटिएका छन् । कतिपयले समिति गठनमा असन्तुष्टी पनि जनाएका छन् । कमिटी गठनसंगै कर्णाली प्रदेशमा नेकपाका १३ सय ७० जनाले जिल्ला समितिको सदस्य पाउने सौभाग्य प्राप्त गरेका छन् । यसमा १३ जनाको नाम समावेश गर्न बाँकी छ ।
जिल्लामा असन्तुष्टि
नेकपाको जिल्ला कमिटिको एकता प्रक्रियामा पुराना नेताहरुलाई जिम्मेवारी नदिएर नेताहरुको मनोमानी भएको भन्दै असन्तुष्टि बढेको छ । प्रदेश कमिटिमा भएका नेताहरुको सुखेृत्मा बसेको बैठकमा आपआप्mना खल्तीका नामलाई जिल्ला कमिटिमा सिफारिस गरेको भन्दै जिल्लाका नेता तथा कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ ।
हुम्लाको हेप्काको गाउँ पस्न निषेध
दुई तहको सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई हुम्ला जिल्लाको नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् ।
जिल्लाको पार्टी एकिकरण अर्थात जिल्ला कमिटी बिस्तार देखि प्रदेश र केन्द्रका विभिन्न जिम्मेवारीमा सिफारिस गर्दा आप्mनो गाउँलार्य विभेद गरेको भन्दै स्थानीयले नेकपालाई गाउँ पस्न नदिने चेतावनी दिएका छन् । प्रदेश कमिटिको दोस्रो बैठकका अवसरमा जिल्ला किमिटिको नामावली सार्वजनिक भएलगत्तै स्थानीयले विज्ञप्ती प्रकासित गर्दै स्थानीयले पार्टीका जिल्ला नेता र कार्यकर्तालाई गाउँ नपस्न चेतावनी दिएका छन् ।
जिल्ला कमिटि एकिकरणका क्रममा प्रदेश कमिटीमा भएका पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुले आफ्ना नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाएका छन् । गाउँमा कमिटी र संगठन गठन गर्न नदिने र अब आउने चुनावमा नेकपालाई हेप्का गाउँ प्रवेश गर्न निषेध गर्ने भन्दै स्थानीयले बिरोध गरेका छन् ।
जिल्लाको अगुवा नेताहरूलाई कुनै पनि राजनीतिक कार्यक्रम र पार्टीको कार्यक्रम लिएर गाउँ जान रोक लगाएपछि आक्रोश व्यक्त गरे । राजनीतिक रूपले सक्रिय हुँदाहुँदै पनि पनि पूर्वआग्रह गरेको हेप्काबासीले बताएका छन् ।
हेर्नुहोस सुचि