जेठ २७, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्ला जिल्ला कमिटिको पहिलो बैठक आयोजना गरेको एक दिनमै स्थगित भएको छ ।
कर्णाली प्रदेशको दोस्रो पूर्ण बैठकबाट समायोजन गरिएको जिल्ला कमिटिको पूर्ण बैठक आगामी असार ३ गते बस्ने निर्णय गरिएको एक दिनमै बैठक स्थगित भएको बताइएको छ । प्रदेशका नेताहरुको सल्लाहमा आयोजना गरिएको बैठक प्रदेशकै नेताहरुको कार्य व्यस्तताका कारण स्थगित गरिएको छ नेकपाका अध्यक्ष लालकेश जैशीले नेपालबोटसँग भने, “बैठकमा प्रदेश ईन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव लगायत कर्णाली प्रदेशका मूख्य मन्त्रीको मिेत उपस्थित नहुने भएपछि तत्कालका लागि बैठक स्थथिगत भएको हो ।” असार ३ गते स्थगित भएको पहिलो बैठक अगामी असार ७ गते बस्ने अध्यक्ष जैशीले पुष्टि गरे ।
दशवटै जिल्ला कमिटको बैठकको मिति प्रदेशबाटै तोकियो
कर्णाली प्रदेश मातहतका दश वटै जिल्लाको पहिलो जिल्ला कमिटि बैठक प्रदेश कमिटिले नै तोकेको छ ।
प्रदेश कमिटिका सचिव मायाप्रसाद शर्माले आप्mनो फेसवुकमा सोमबार साँझ बैठकको मिति सार्वजनिक गरेपछि पुर्व निर्धारित बैठक स्थगित भएका हुन् ।
शर्माका अनुशार नेकपा मुगुको जेठ ३० गते, दैलेखको असार ३ गते, रुकुम पीशचमको ५ गते, हुम्लाको असार ७ गते बस्ने मिति तय भएको छ । यसैगरी कालिकोटको असार ९ गते, जुम्लाको १० गते, जाजरकोटको असार १५ गते, सल्यानको असार १७, सुर्खेतको १९ र डोल्पाको असार २५ गते बस्ने निर्णय भएको छ ।