जेठ २९,, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविमा नेपालको पर्यटन क्षेत्रका बारेमा चर्चा गरेका छन् ।
बीबीसी वल्र्ड सर्भिसमा प्रधानमन्त्रीको अन्तरवार्ता साढे ९ मिनेट मात्रै प्रसारण भयो । त्यसमा बेलायत भ्रमणबारे कुनै प्रश्न गरिएन । तर नेपालमा भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको भ्रमण र नेपालको पर्यटन क्षेत्रका विषयमा अन्तरर्वार्ता केन्द्रित थियो । नेपाल टेलिभिजनमा लामो अन्तरवार्ता दिने बानी परेका प्रधानमन्त्री ओलीलाई अन्तरवार्ताकारले धेरै बोल्नै दिएनन् । प्रश्नहरु सोध्नुभन्दा बढी अन्तरवार्ताकारले नै जवाफ दिएजस्तो भान हुन्थ्यो ।
अन्तरवार्तामा सगरमाथामा ट्राफिक जाम भएको, सरकारी अधिकारीहरु पैसा खाएर घरैमा बसेको र आरोहीहरु मरेको आरोप लगाइयो । नेपालको प्रशासनको नियतमाथि प्रश्न उठाइयो । जवाफ दिने क्रममा प्रधानमन्त्री ओली ‘डिफेन्सिभ’ रुपमा प्रस्तुत भए ।
सगरमाथापछि अन्तरवार्ताकारले बीआरआईको प्रशंग कोट्याउँदै नेपालमा चीन हाबी भएको र श्रीलंका जस्तै नेपाल पनि ऋणमा डुब्न लागेको आशंका प्रकट गरे ।
त्यसपछि नेपालमा विमानस्थल बनाउने नाममा वातावरणीय प्रभावलाई ख्याल नगरी वन फँडानी भइरहेको आरोप बीबीसी पत्रकारले लगाए ।
अन्तरवार्तामा प्रधानमन्त्री ओली राजनीतिक विषयमा प्रवेश गर्न खोज्दाखोज्दै अन्तरवार्ताकारले प्रश्नलाई बीआरआईतिर मोडेका थिए ।
नेपालमा कुनै पनि मिडियालाई अन्तरवार्ता दिनुप¥यो भने प्रधानमन्त्री ओली वीचैमा प्रश्न सोधेको मन पराउँदैनन् । उनी छिचरा र रुखा प्रश्नहरुको जवाफ दिन्न भन्ने गर्छन् । तर, बीबीसीमा भने उनी निकै कडा प्रश्नहरुको सामना गर्न बाध्य भए ।
हेर्नुहोस् बीबीसीमा प्रधानमन्त्री ओलीको ‘डिफेन्सिभ’ अन्तरवार्ता–