काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले मङ्गलवार वार्ताका लागि छुट्टाछुट्टै आह्वान गरेपछि आन्दोलनरत जेन जी समूहका प्रतिनिधि तथा सेनाबीच राति लामो छलफल भएको छ
दुवै पक्षबीच बिहान देखि वार्ता भैरहेको छलफलमा सहभागी युवाहरूले पुष्टि गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा सहभागीमध्ये एक तनुजा पाण्डेले शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकारसम्मको विषयमा कुराकानी भएको बताइन् ।
प्रधानसेनापति सिग्देलले जेन जी समूहका मुख्य मागहरूबारे चासो राखेपछि देशभरिका प्रतिनिधि युवाहरूसँग छलफल गरी अर्को बैठकमा बस्ने उनीहरूले बताए।
‘जेन जी’आन्दोलनपछि सडकमा सेना, नयाँ सरकार गठनका विकल्प ‘संविधानबाहिर पनि’
प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि काठमाण्डू उपत्यका र बाहिर कैयौँ सरकारी कार्यालय र अन्य संरचनामा व्यापक आक्रमण र आगजनी भएको थियो। त्यसपछि राति १० बजे सेनाले शान्ति सुरक्षाको जिम्मेवारी आफूले लिएको छ ।
वार्ता ससहभागि जेन्जी समुहका पाण्डेका अनुसार खास गरी मङ्गलवार भएका तोडफोड एवं आगजनीका घटजा मुलुककै शान्तिका लागि र जेन जी पुस्ताले गरेको मागका लागि रोकिनुपर्छ अनि चाँडैभन्दा चाँडै लोकतान्त्रिक प्रक्रियाले शान्ति पुनर्बहाली हुनुपर्छ भन्नेबारे सेनासँग छलफल भयो।
मङ्गलवार प्रदर्शनकारीहरूले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति भवन, प्रमुख राजनीतिक दलका प्रमुख नेताका निजी निवासका साथै पाँचतारे होटल र व्यापारिक मलसम्ममा आगजनी गरेपछि ती संरचनाहरू ध्वस्त भएका छन् ।
जेन जी समूहले त्यसमा आफूहरूको संलग्नता नरहेको बताइरहँदा तोडफोड तथा आगजनीका घटना आफूहरूले कल्पना गरेकोभन्दा बाहिरको भएको पाण्डेले बताइन् ।
‘छलफलमा हिजो सेनाको कुरा सुन्दा हामी र उहाँहरू एउटै ‘पेजुमा छौँ भन्ने लाग्यो। हिजो जे जस्ता घटना भए त्यसलाई कसरी रोक्ने भन्नेबारे छलफल भयो,’ उनले भनिन्।
‘मुख्य कुरा देशमा कसरी शान्ति ल्याउने र जेजति अपराध भइरहेका छन्, तिनलाई लोकतान्त्रिक तवरले सम्बोधन गर्नुपर्छ भन्ने हो। लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्छ भन्नुको कारण के हो भने राज्यका प्रमुख संयन्त्रहरू एकै दिनमा ध्वस्त भए। त्यसबिना लोकतान्त्रिक प्रक्रियाबाटै कसरी शान्ति कायम गर्न सकिन्छ भन्ने छलफल भयो ।’
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १४:२९