काठमाडौं । निवर्तमान प्रधानमन्त्री सहितका शिर्ष नेताहरु नेपाली सेनाको अघोषीत नजरबन्दमा राखेर, आन्दोलनरत जेन जीसमुहलाई अलमाल पारेर नेपाली सेनाले राती नै बोल्ड निर्णय गर्न सक्ने संकेत गरेको छ ।
नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा छन् ।
आगामी निकासका बारेमा आन्दोलनरत पक्ष जेन जी समुह ठोस निचोडमा नपुेकै बेला नेताहरुको एकाएक मोबाइल फोन अफ भएपछि पनि सेनाको निर्णयप्रतिको संकेत थप प्रमाणीत हुदैं गएको दलका दोस्रो पुस्ताका नेताले दावी गरेका छन् ।
'सेनाको सुरक्षामा रहेका भनिएका शिर्षस्थ नेताहरुको मोबाइल फोन आज अपरान्हदेखि स्वीच अफ गर्न लगाइएको छ', एमाले एक नेताले नेपालवोटसँग भने, 'दिउँसोसम्म हाम्रो निरन्तरसम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको छ । बाहिर सेनाले निर्णय लिने हल्ला चल्नु, जेन जीसँगको वार्ता सफल नहुनु र सेनापतिले राष्ट्रपतिसँग भेट गर्नुले पनि यो संकालाई थप बल पुगेको छ ।'
अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।
जेनजीको आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो ।
आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन भन्दै सेनाले उनीहरूलाई कार्यकर्ताबाट सम्पर्क विच्छेद गराइएको स्रोतले बतायो ।
पाँचखालस्थित संयुक्त राष्ट्र संघ तालिम केन्द्र युनिफिल्डका टोलीसहित काठमाडौं उपत्यकामा सेनाको संख्या बढाइएको छ । आजै साँझदेखि काठमाडौंमा व्यक्तिमाथि सुरक्षा जाँचसहित व्यक्ति हिँडडुलमा समेत कडाइ गरिएको छ ।
सैनिक स्रोतका अनुसार आज रातिको कर्फ्यूलाई कडा गर्न सैनिक मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिएको छ । आवतजावत गर्न पाइने भनिएका अत्यावश्यक सेवाका नाममा अनुचित मानिसको घुसपैठ हुने सम्भावनालाई गम्भीरताका साथ लिन भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ २१:२२