काठमाडौं । जेन जी समुहको आन्दोलनका् बलमा बनेको अन्तरिम मन्त्रीपरिषद्मा तीन मन्त्रीले सपथ् लिएसँगैं पहिलो पटक बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
आन्दोलनरत पक्षले उठाएका विषयलाई निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय यस्ता छन्,
असोज १ गते शोक दिवस मनाइने
सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरिएको छ ।
मृतक परिवारलाई ५ लाख अन्य खर्च सहित १५ लाख क्षतिपूर्ति
मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
ओली नेतृत्वको सरकारले पेस गरेका सबै प्रस्ताव फिर्ता
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक अघिल्लो मन्त्रिपरिषद्मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताए ।
जेनजी जागरण स्मारक पार्क बनाउने
जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने तोकिएको छैन ।
आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ ।
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिने
सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुङ्गो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ २२:००