काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई फ्री(तिब्बत र विदेशी शक्तिसँग जोडेर आप्mनो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि फेसबुक मार्फत स्पष्टीकरण दिँदै उनले संगठित ‘साइबर सेना’ ले नियोजित रूपमा भ्रम फैलाएको आरोप लगाएका हुन्।
शनिबार सामाजिक सञ्जालमा जेन(जी आन्दोलनका क्रममा केही युवाहरूले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएको थियो।
उक्त अक्षरको अर्थ ‘टिबेटन ओरिजिन ब्रदरहुड’ भएको र यो फ्री(तिब्बत अभियानसँग सम्बन्धित रहेको भन्दै विभिन्न टिकाटिप्पणी भएका थिए।
फोटो भाइरल भएपछि शनिबार प्रतिकिया दिँदै गुरुङले भने( ‘अब अति भयो। यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिल्यै हटेन। अहिले हामीलाई बदनाम गर्न साइबर सेनाको नयाँ ट्रेन्ड आएको छ।’
उनले आफ्नो अभियानमा विदेशी शक्ति वा आईएनजीओको कुनै संलग्नता नरहेको दाबी गर्दै आरोप लगाउनेहरूलाई प्रमाण पेस गर्न चुनौती दिए।
‘हामीलाई विदेशी आइएनजीओबाट एक डलर मात्र लिएको देखाउनुहोस्,’ उनले भने, ‘धेरै पर्दैन, एक रुपैयाँ मात्र देखाउनुहोस्। हामीले एक रुपैयाँको पनि हिसाब राखेका छौं। भोलि हामी सबै हिसाब(किताब ढड्डै पल्टाएर देखाइदिन्छौं।’
उनले आफ्नो संस्था ‘हामी नेपाल’ गैरसरकारी संस्था नभई गैरनाफामुखी संस्था भएको स्पष्ट पारे। ‘हामीलाई एनजीओ मन नपरेरै हामीले एनपीओ भनेर राखेका हौं,’ उनले भने।
गुरुङले आफ्नो संस्थाले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गरेको सुनाए।
आफूहरूमाथि लगाइएका आरोपहरूप्रति अब चुप लागेर नबस्ने भन्दै उनले कानुनी उपचार खोज्ने चेतावनी दिए।
‘अबदेखि फेक न्युज फैलाउने र हाम्रो आन्दोलनमा घुसपैठ गर्नेहरू विरुद्ध हामी प्रमाणसहित उजुरी हाल्छौं। यदि हामी दोषी हौं भने हामीलाई कारबाही होस्, होइन भने उनीहरूलाई हुनुपर्यो,’ गुरुङले भने।
उनले सर्वसाधारणलाई यस्ता समाचारमा विश्वास नगर्न र सत्य(तथ्य छुट्याउन आग्रह गरे। ‘पढेलेखेका मान्छे हामी, के सत्य के झुट छुट्याउन सक्दैनौं ?’ उनले प्रश्न गरे, ‘टिकटकमा ट्रेन्ड आयो भन्दैमा पत्याउनु भएन।’