सिमकोट । नेकपा (एमाले)का केन्द्रीय सदस्य दल रावलले नेपालको संविधानको रक्षा गर्न एमालेले प्रतिनिधि सभा पुर्नस्थापनाको माग अघि सारेको बताएका छन् ।
पार्टी केन्द्रको निर्णय अनुसार खार्पुनाथ गाउँपालिकाले यांचुकुनामा आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई संवोधन गर्दै हुम्ला प्रदेश निवौभन क्षेत्र २ का इन्चार्ज समेत रहेका नेता रावलले यस्तो बताएका हुन् ।
एमालेप्रति नागरिकको बढ्दो लोकप्रीयता र एमाले नेतृत्वको सरकारले गरेका कामका कारण नेपाल आत्म निर्भर भएर अघि बढ्न थालेपछि नेपालप्रति कुदृष्टी हेर्ने छिमेकीहरुका कारण नेपालको पछिल्लो अवस्था सृजना भएको उनले दावी गरे ।
‘नेपाललाई आप्mनो उपनिवेश बनाउन चाहने छिमेकीको चाहन विपरित एमालेको नेतृवमा २०७२ सालको संविधान जनप्रतिनिधिहरु बाटै जारी गर्नु, लिपुलेख लिम्पीयाधुरा सहितको चुच्चे नक्सा सहितको संविधान संशोधन गरेर जारी गर्नु, नेपालको सहमती बेगर लिम्पीयाधुरा बाट चीन र भारत बीचको व्यापारिक सम्झौता गरेकै कारण एमालेलाई कमजोर बनाउन र एमाले नेतृत्वको सरकार हटाउन जेन जी पुस्ताको नाममा यस्तो खेल भएको हो’ उनले थपे ‘यि सबै षडयन्त्र पुरा गर्न लामो बलिदानले प्राप्त व्यवस्था र संविधान मास्न लागेकाले एमाले जनता समक्ष आएको हो ।’
१३ देखि २८ समुहका नयाँ पुस्ताले गरेको आन्दोलनको उपलब्धी ७५ वर्षकालाई प्रधानमन्त्री बनाउने काम कुनैप्नि हालतमा हुन नसक्ने ठोकुवा गरेका रावलले नेपाललाई प्रतिक्रियावादीहरुको क्रिडास्थला बनाउनबाट रोक्न पनि देशभरका नागरिक जुट्नु पर्ने बताए ।
कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटि सदस्य नवराज महताराले नेपालको संविधान मार्फत राजनीतिक स्थायित्व र विकासका दृष्टिले समृद्धतर्फ उन्मुख नेपाललाई ध्वस्त पार्ने प्रपञ्चका रुपमा भदौं २३ गतेको शान्तिपूर्ण जेन जीको प्रर्दशनलाई २४ गते ध्वंसात्मक बनाउने काम भएको प्रतिक्रिया दिए ।
देशका गौरवका रुपमा रहेको संसद भवन, प्रशासनिक केन्द्र सिंहदबार, सर्वोच्च अदालत लगायतका सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने र ध्वस्त पार्ने काम नयाँ पुस्ताको कदापी नभएको उल्लेख गरेका महताराले भूराजनीतिक रुपमा संवेदनशिल क्षेत्रमा रहेको नेपाललाई प्रयोगशाला बनाउनबाट रोक्नकै लागि पनि एमालेले थालेको जनप्रदर्शनमा सबै नागरिकहरु सडकमा एक पटक ओर्लनु पर्ने अवस्था आएको उल्लेख गरे ।
खार्पुनाथ गाउँकमिटिका अध्यक्ष गिठे ऐडीको अध्यक्षथतामा भएको जनपर्दशन कार्यक्रममा एमाले नेता लोकबहादुर हमालले एमालेको राष्ट्रवादी नीति र एमाले अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माणको दिर्घकालिन सोचबाट डराएका प्रतिक्रियावादी शक्तिहरुकै कारण भदौं २३ र २४ गतेको घटना घटेको बताए । कार्यक्रममा अनेराश्ववियूका सचिवालय सदस्य सिके लामालागयतका नेताहरुले पार्टीले आयोजना गरेको देशव्यापी आन्दोलनको औचित्यका बारेमा चर्चा गरेका छन् ।
एमाले केन्द्रको निर्णइ अनुसार सातवटा स्थानीय तह भएको हुम्लाको अदानचुलीमा पार्टी स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका् नेतृत्वमा, ताँजाकोट गाउँपालिकामा प्रदशे कमिटि सदस्य पुर्ण प्रसाद ढकालको नेतृत्वमा चंखेलीमा पुर्व जिल्ला कमिटि उपसचिव विमला कुमारी शाहीको नेतृत्वमा, सिमकोटमा जिल्ला अध्यक्ष ज्ञामी वुमीको नेतृत्वमा जनप्रदर्शन कार्यक्रम आयोजना गरिएको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ १८:१६