अषाढ ४,हुम्ला । अध्यक्ष सँग नागरीक कार्यक्रम मार्फत कम्मल र जकेट बितरण भएको छ । अदानचुली गाउँपालीकाको गएको गाउँ परिषदले नागरीक सँग अध्यक्ष र दिदि बहिनी सँग उपाध्यक्ष कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख गरे अनुसारको रकम बिनियोजन गरेको थियो । सोही अनुसार अध्यक्षले र उपाध्यक्षले छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गरेका छन् ।
नागरीक सँग अध्यक्ष कार्यक्रम मार्फत अदानचुली गाउँपालीका जेष्ठ नागरीक , एकल महिला, एकल पुरुष,अपांगता भएका ब्यक्ति,गरिब,दलीत तथा जेहेन्दार नागरीकलाई अबस्था र आबश्यकता हेरी जकेट र कम्मल बितरण गरीएको गाउँपालीकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
६ वटा वडा भएको उक्त गाउँपालीकामा २,३ र ४ वडामा बितरण भैसकेको र बाँकी तिन वडामा पनि तत्काल बितरण गरीने बताउनु भयो , उहाँका अनुसार बितरण गर्ने सामाग्री सबै गाउँपालीकामा पुगि सकेको र ४ र ५ का लागि सम्बन्धीत वडामा सामग्री पुगि सकेको पनि बताउनु भयो । अदानचुली गाउँपालीकाका सबै घरधुरीलाई समेट्ने गरी बितरण गर्ने प्रयास गरेको पनि उहाँले बताए ।
यता दिदि बहिनी सँग उपाध्यक्ष कार्यक्रम पनि सम्पन्न भएको छ । प्रत्येक वडाका ८० जना महिलालाई १।१ दिने जनचेतनामुलक कार्यक्रम गर्दै ८।८ सय रुपैया भत्ता बितरण गरी सम्पन्न भएको छ । गाउँपालीकाका कर्मचारीहरु परिचालन गरी प्रशिक्षण दिएको थियो ।
अध्यक्ष उपाध्यक्षले आ आफ्नो कार्यक्रम सफलता पुर्वक काम सम्पन्न गरेको प्रतिकृया दिएता पनि त्यहाँका केहि नागरीकले भने रकम दूरुपयोगमा प्रश्न उठाएका छन् स्थानीय नागरीक भने खुसी भएका छन् । गएको गाउँ सभाले नागरीक सँग अध्यक्ष कार्यक्रमको लागि २९ लाख र दिदि बहिनि सँग उपाध्यक्ष कार्यक्रमको लागि २० लाख रुपैया बिनियोजन गरेको वडा अध्यक्षहरुले बताएका छन् ।