काठमाडौं । सरकारले बैकुण्ठप्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सो भन्दामाथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले श्रीलंकामा हालैको बाढीपहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले जानकारी दिए ।
बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान्, श्रीमति, अविवाहित छोरीरअविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने, कार्बन व्यापार निययमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरीरअविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १९:५६