सिमकोट । देशको राजधानी देखि हुम्ला सदरमुकाम सिमकोट पुग्न अब ७ हजार ५ सय तिरेपछि गाडीमै पुग्न सकिने भएको छ ।
भखैरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा पहिलो पटक सार्वजनिक यातायातको भाडा दर कायम गरेपछि यस्तो संभव भएको हो ।
सार्वजनिक यातायातका नाममा चर्को भाडा तिरिरहेका जिल्लावासिका लागि हुम्ला हिल्सा यातायात प्रा लीले सिमकोटलाई केन्द्र मानेर संघीय राजधानी काठमाडौं सम्म्का लागि भाडा दर कायम गरेको हो । प्रा.लि.ले भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार ५ सय भाडा कायम गरिएको हुम्ला हिल्सा यातायात प्रा.ली. का अध्यक्ष विशाल रोकायाले जानकारी दिए ।
‘जिल्ला सदरमुकाम सिमकोट देखि खार्पुनाथ दुई सय, याङचु दुई सय पचास, बोक्चेगौडा तिन सय, लाली बगर तिन सय पचास, सुनाखाडा चार सय, रिप छ सय, स्यालतडी आठ सय, सर्केगाड एक हजार, सलीसल्ला एक हजार एक सय पचास, बाग्रेचौर एक हजार दुई सय पचास भाडा दर कायम गरिएको छ । यसैगरी प्रालिले सिमकोटबाट खच्चा एक हजार तिन सय, तुम्च एक हजार चार सय र मकै एक हजार पाँच सय कायम गरिएको छ’, अध्यक्ष बोहराले भने ‘सिमकोटदेखि सुर्खेतसम्म पाँच हजार, नेपालगञ्ज पाँच हजार पाँच सय र काठमाडौंका लागि सात हजार पाँच सय भाडा कायम गरिएको छ ।’
पहिलो पटक काठमाडौं सिमकोट सार्वजनिक बस सेवा शुरु गर्न थालेको यातायात प्रा.लि.ले गल्फागार्डको एक हजार ६५०, दोमुखको एक हजार ८ सय, पैमाको एक हजार ९५०, कवाडीको दुई हजार, धुलाचौरको दुई हजार ३ सय, पिलुचौरको दुई हजार पाँच सय भाडा तय गरिएको छ । यसैगरी बाजुराको बेर्माको दुई हजार ६५०, काब्डीको दुई हजार सात सय, घाटाचौरको दुई हजार आठ सय, सान्नीघाटको दुई हजार नौं सय, जितेको ३५०० भाडा कायम गरेको छ ।
यसभन्दा अघि जिल्ला भित्र र बाहिर मनपरी भाडा असुल्ने गरिएको हुम्लामा सार्वजनिक भएको भाडा दर अनुसार कायम भएमा जिल्लाबाट बाहिर जाने र आउनेका लागि निकै ठूलो राहत हुने अपेक्षा लिइएको छ । यो भाडा वास्तवमा लागु हुने हो भने जिल्लाका नागरिकहरुलाई वास्तवमै सडक सञ्जालमा जिल्ला जोडिएको आभास हुने प्रतिक्रिया सर्केगाड गाउँपालिका ३ कि स्थानिय सबिता थापाले बताउनु भयो ।
आफूले अहिले उनापानीबाट सिमकोटसम्म आउदा जिपमा एक हजार ५ सय तिरेर आउदा महङगो भएको बताउनु भएकी थापाका अनुसार हुम्ला हिंल्सा यातायात प्रा लीले ८ सय रुपैया भाडा लिदा गरिब तथा विपन्न नागरिकलाई सहज हुनेछ ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२ २०:२२