सिमकोट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हिमपातकै बीच प्रचार अभियानको औपचारि रुपमा शुरुवात गरेको छ ।
सिमकोट गाउँपालिका‐५ खाद्यकको चौपाडीबाट आफनो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिनुभयो ।

एमाले निर्वाचन परिचालन कमिटिको बैठकले आजबाट औपचारिक रुपमा प्रचार अभियान थाल्ने योजना अनुसार नैं एमालेले आज तल्लो गाउँबाट प्रचारको कामको शुरुवात गरेको एमाले प्रचार प्रसार उपसमितिका संयोजक तिर्थराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार चौपाणीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदवार दल फडेरा, केन्द्री यसदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी र एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य रावलले संवोधन गर्नु भएको छ ।
संबोधनमा प्रत्यक्ष उम्मेरदवार दल फडेराले यो निर्वाचनमा देश जलाउने र देश बनाउने बिचको लडाई भएकाले देश जलाउने भन्दा बनाउने पार्टी एमालेका उम्मेदवरालाई भोट हाल्न आग्रह गर्नुभएको छ । यसैगरी समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटीले यो अघिबा २६ वर्षसम्म जिल्लाका अन्य दलका प्रतिनिधिहरुको काम गर्ने तौरतरिका देखिसकेको र एमालेले प्रतिनिधि सभामा गएर जिल्लाका लागि भूमिका खेल्ल नपाएको हुँदा यो पटक एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
एमाले हुम्लाका नेता तथा कार्यकर्तासहित गएका उम्मेरदवारले सिमकोट तल्लो गाउँ, र माथिल्लो बजारका स्थानीय र व्यापारिसँग मत माग्दै घरदैलो कार्यक्रम गरेको जनाइएको छ ।
वडाको प्रचार रणनीति तय गर्न एमालेका ४३ वडाका बैठक सम्पन्न
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारण रणनीति निर्माण गर्न एमालेले जिल्लाका ४३ वटा वडाको बैठक आयोजना गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले जानकारी दिनुभयो ।

पार्टी जिल्लाको सर्कुलर अनुसार आज नाम्खा ५ लिमी बाहेकका वडा कमिटीको बैठक बस्ने काम भएको जानकारी जिल्ला कमिटीलाई आएको अध्यक्ष वुमीले रेडियो कर्णाली आवाजलाई बताउनु भयो ।
हिमपातकै बीच सबै वडा कमिटीले बैठकको आयोजना गरी वडा स्तरिय निर्वाचन कार्यालय स्थापना गर्ने र वडा स्तरिय प्रचार अभियानको कार्य योजना बनाउने काम गरिरहेको एमाले हुम्लाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ १९:०७