असार ७, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी हुम्लाले आप्mना तर्फबाट गएका तिन तहका सरकारमा स्वेच्छाचारी बढ्दै गएको बताएको छ ।
पार्टी एकता भएको १४ महिना पश्चात दुई तिहाई सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको पहिलो बैठकमा पार्टीले सरकारका गतिविधी पार्टीको नीति र विधी अनुशार अघि नबढेको भन्दै आलोचना गरेको छ ।
पार्टी र सरकार बिचको दुरी बढ्दै गयो बैठकमा राजनीतिक तथा साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले भने, “आज पार्टीका संगठन निर्माण ढिलाई हुँदा सरकार र पार्टीका संस्थागत सम्बन्ध लथालिंग भएका छन् । सरकारका प्रतिनिधि स्वेच्छाचारी बन्दै गएका छन् ।” सरकार पार्टी र जनता बिचि अन्तर घुलित हुनु पर्नेमा अन्तर बिरोधी बन्दै गएको बताएका अध्यक्ष जैशीले हजारौ कार्यकर्ता र लाखौ जनताको मुहारका खुशी ल्याउन तिनै तहका सरकारका नीति तथा कार्यक्रम लक्षित हुनु पर्नेमा जोड दिए ।
पार्टीको निर्देशक सिद्धान्त छलफलकै आधारमा टुंगो लाग्ने
सिमकोटमा जारी नेकपा हुम्लाको र्बठकले पार्टीको निर्देशक सिद्धान्त छलफलकै क्रममा रहेको जनाएको छ ।
साविकको नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भएर बनेको नेकपाले माक्सवाद, लेलिनवादसँगै माअोवादी केन्द्रले अबलम्बन गरेको २१ औ शताब्दीको जनवाद र एमालेले अबलम्बन गरेको जनताको बहुदलिय जनवादलाई छलफलका क्रममा टुंगो लगाउने जानकारी आप्mना जिल्लाका नेता तथा कार्यक्रालाई दिएको छ ।
संगठन बिस्तार पहिलो प्राथमिकता
गाउँमा साँगठनिक रिक्तताले पार्टीप्रति मतदाताको आशा निराशामा परिणत हुँदै गएको बताएको नेकपा हुम्लाले आप्mनो पहिलो कार्यभार अव संगठन बिस्तार रहेको निचोड निकालेको छ ।
सिमकोटमा जारी पहिलो जिल्ला कमिटि बैठकमा बोल्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले केन्द्रमा भएको एकतामा भएको ढिलाईले गाउँमा पार्टीका गतिविधि र जनवर्गिय संगठन निर्माण नहुँदा स्थानीयमा बढेको निराशलाई बढ्न नदिन अब संगठन बिस्तारलाई पहिलो प्राथमिकता प्रदान गर्ने जनाएको छ ।
गएको जेठ १९ र २० गतेको कर्णाली प्रदेशको दोस्रो बैठकबाट विभिन्न तवरले जिल्ला कमिटिमा छनोट भएका १ सय ३५ जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको पहिलो बैठक जिल्ला समन्वय समितिको सभाकक्षमा शुरु भएको छ ।