सिमकोट । हुम्ला–बाजुराको सिमाना एकिन नगरि ‘लामपाटा च्याचौर’मा स्थापना हुन लागेको प्रहरी चौकीलाई तत्काल रोक्न हुम्ला जिल्लाका स्थानीय तहका पदाधिकारीले सरकार समक्ष माग गरेका छन् ।
बिहिबार जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)लाई लिखित ज्ञापन–पत्र मार्फत जिल्लाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले सामुहिक रुपमा यस्तो माग गरेका हुन् ।
‘हामी हुम्ला जिल्लाका नागरिक तथास्थानीय तहका पदाधिकारी यस ज्ञापन–पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराउन चान्छौं की, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमा क्षेत्र अन्तरगत पर्ने ‘लामपाटा च्याचौर’ क्षेत्रमा हिमाली गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय बाजुराबाट प्रहरी चौकी स्थापना गर्ने तयारी भैरहेको भन्ने जानकारी प्राप्त भएको छ’, ‘६ बुधें ज्ञापन–पत्रमार्फत हुम्लामा जनप्रतिनिधिले भनेका छन्, उक्त कार्य दुर्इ जिल्लाको भौगोलिक सिमा, प्रशासनीक अधिकार क्षेत्र तथा स्थानीय तहको अधिकार क्षे त्र सम्बन्धमा गम्भीर विवाद उत्पन्न हुनसक्ने देखिएको हुँदा यसप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ ।’
नेपालको संविधान, प्रचलीत कानून तथा प्रशासनीक सिमांकन अनुसार कुनै पनि सुरक्षा निकाय वा प्रशासनीक संरचना स्थापना गर्दा सम्बन्धित जिल्ला, स्थानीय तह वा सरोकारवालासँग समन्वय, तत्थ्यगत अध्ययन तथा औपचारिक सहमती आवश्यक हुने व्यवस्था र अभ्यास रहेको स्मरण गराउँदै तत्काल बाजुराको मातहत रहने गरी ‘लामपाटा च्याचौर’मा प्रहरी चौकी स्थापना भए दुई जिल्लाको विवाद उत्र्कषमा पुग्ने चेतावनी सोत दिइएको छ । सात गाउँपालिका भएको हुम्लाका अधिकांश क्षेत्रले दक्षिण पुर्वको जिल्ला बाजुरासँग जोडिएको छ ।
भित्र–भित्र दुई जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र रानीसैनको स्वामित्वको विवाद भैरहेको बेला स्थानीय तहका पदाधिकारीको यो ज्ञापन–पत्रले बाजुरा र हुम्ला बीचको सिमाना विवादलाई बाहिर ल्याइदिएको छ ।
‘स्थानीय नागरिकहरु बीच सिमानाका विभिन्न क्षेत्रहरुको स्वामित्वका बारेमा जारी विवादलाई तत्थ्य र प्रमाण्का आधारमा एकिन नगरी ‘लामपाटा च्याचौर’मा प्रहरी चौकी स्थापनाका लागि हिमाली गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराले प्रक्रिया अघि बढाएपछि हामीहरु (पालिकाका पदाधिकारी) एकजुट भएर त्यसको दिर्घकालीन समाधानको पहलका लागि सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न बाध्य भएका हौं’, सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीले भने ।
सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी, उपाध्यक्ष सुशिला रोकाया, खर्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सर्केगाड गाउँपालकाका अध्यक्ष ठानबहादुर रोकाया, ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशी र दुई जना वडा अध्यक्ष गरी ६ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सिमाना विवादलार्य समाधान गर्न दुई जिल्लाका प्रशासन कार्यालय, स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाजबीच समन्वय गर्ने उच्चस्तरिय छानविन तथा समन्वय समिति गठनको माग गरिएको छ ।
ज्ञापन–पत्र मार्फत जिल्लाका स्थानीय तहका पदाधिकारीले चंखेली बाहेकका ६ वटा गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको सिमा जोडिएको उल्लेख गर्दै मासपुरको जौले, छिप्रझुल, लामपाटा च्याचौर, दगल्च्या, रानीसैन, डुवानी खोला, गोपीलेक क्षेत्र परापुर्वकालदेखि हुम्लावासीले भोकचलन गर्दै आएकाले त्यो क्षेत्रमा बाजुराले दावी गर्न नहुने बताइएको छ ।
यस्तो छ, प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन–पत्र
प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३ २२:४४