भदौ ३०, सिमकोट । नेपाल स्थित भारतिय राजदुत मञ्जित सिंहपुरी दुई दिने कर्णाली भ्रमणका क्रममा सिमकोट पुगेका छन् ।
सात सदस्यीय टोली सहित सनतान्त पारिवारिक भ्रमण नाम दिएर पुरी शनिबार (आज) बिहान सिमकोट पुगेका हुन् ।
आप्mनी श्रीमती सहित सिमकोट पुगेका राजदुत पुरीले सिमकोट विमानस्थलमा पुग्ने बित्तिकै आप्mना देशमा कैलास मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन् । सिमकोट विमानस्थलको विशिष्ट कक्षमा अनौपचारिक कुराकानी गर्दै राजदुत पुरीले सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामासँग विमानस्थलमा यात्रुका लागि क्याण्टीनको व्यवस्थ ागर्न माग गरे । सौन्दर्यका हिसाबले सिमकोट निकै स्वर्ग छ राजदुत पुरीले भने “यहाँ –विमानस्थलमा) कम्तीमा १।२ वटा खाजा र चिया खाने क्याण्टीन बनाउनु होस् ।”
मानसोवर कैलासको दर्शन गर्न जाने आप्mना देशका धर्मिक पर्यटकका लागि हुम्लाको बाटो निकै रमणीय लागेको बताउदै नेपाल–चिनको सिमानामा राम्रो हेलिप्याडको व्यवस्था गर्न आग्रह गरे ।
भेटमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सिमकोट देखि खार्पुनाथसम्मको १२ किलोमिटर सडकमा गाडी गुड्न थालेको बताउँदै बिरामाी ओसारपसार गर्ने एम्बुलेन्सको लागि भारतिय राजदुतसँग माग गरेका छन् । भेटमा सहायक प्मूख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सिमकोट विमान स्थलबाट जिलला अस्पताल केही टाढा भएकाले रेस्क्यु गरेर ल्याएका बिरामको उपचार गर्न समस्या भएको बताउँदै सिमकोट विमान स्थलमै घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्थाका लागि आग्रह गरे ।
भारतिय तिर्थ यात्रीसँग भलाकुसारी
भारतिय राजदुत मञ्जित सिंहपुरीले सिमकोट ओर्ले लगत्तै आप्mना देशका तिर्थयात्री सँग भलाकुसारी गरेका छन् । समिट एयरको विमानबाट नेपालगञ्ज हुँदै सिमकोट बिमानस्थलमा ओर्लेका राजदुत पुरीले मानसरोवरको यात्रा र आइपरेका समस्याका बारेमा आप्mना नागरिकसँग भलाकुसारी गरे । तपाईहरुको समस्यामा भारतिय राजदुतावास सँधै साथमा छ राजदुत पुरीले भने “हामीले हुम्ला वा चिनको सिमानामा पर्ने समस्याको समाधान गर्न यसै वर्ष देखि विषेश संयन्त्र बनाएका छौं ।”त्यस संयन्त्रले काम गरिरहेका बताएका पुरीले आगामी वर्ष यसभन्दा बढी सुधारका कार्यक्रम सञ्चालन गर्ने संकेत गरे ।
राजदुत पुरीसँगै आएका भ्रमण मण्डलका ५ जना सदस्य सिमकोट पुगे लगत्तै नेपाल चिनको सिमाना हिल्सा गएका छन् । पुरी आप्mनी श्रीमती सहित सिमकोट रहेको हुम्ला स्थित भारतिय राजदुतावासका प्रतिनिधि जनकबहादुर शाहीले नेपालबोटलाई जानकारी दिए ।
उनका अनुशार शनिबार सिमकोटमै वासबस्ने पुरी आइतबार मुगुको रारा जाने योजना छ ।