असार ७, सिमकोट । तत्कालका लागि पाँच सदस्यीय जिल्ला सचिवालय गठन गरी त्यसै मार्फत पार्टीका कामकाज गर्ने निर्णय गर्दै नेकपा हुम्लको बैठक सम्पन्न भएको छ ।
सिमकोटमा पहिलो पटक आयोजना गरिएको बैठकले पार्टीका गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष, सचिव सहित दुई जना अन्य सदस्य मनोनित गर्ने गरी बैठक सकिएको अध्यक्ष लालकेश जैशीले जानकारी दिए ।
उनका अनुशार बैठकले एक महिना भित्रमा जिल्लाको दोस्रो बैठक बसेर जिल्ला कमिटि सदस्यको कार्य विभाजन, विभाग गठन देखि गाउँपालिका र वडा पालिका कमिटि समेत गठन गर्ने निर्णय गरेको छ ।
यसै गरी आगामी दिनमा बस्ने जिल्ला कमिटिको दोस्रो बैठकमा कार्यालय सचिव समेत तोक्ने निर्णय गरेको छ ।
लेवी पनि तोकियो
बैठकले जिल्ला कमिटिका प्रत्येक सदस्यलाई महिनाको एक सय रुपैयाँ लेवी तोकेको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको बैठकले पार्टीको आर्थिक सुदृढिकरणका लागि जनप्रतिनिधिलाई दश प्रतिशत लेवी तोकेको छ ।
पार्टीले तोकेको लेवी मध्यै वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्षको लेवीलाई जिल्ला किटिले उठाउने र कार्यपालिका र वडा सदस्यको लेवी सम्बन्धित गाउँपालिका कमिटिले उठाउने निर्णय गरेको छ ।
तिनवटा शोक प्रस्ताव पारित
हालै जिल्लामा भएका विभिन्न घटनामा ज्यान गुमाएकाहरुका लागि शोक प्रस्ताव समेत बैठकले पारित गरेको छ ।
गएको असार ३ गते खार्पुनथाको यांचुमा भएको जीप दुर्घटनामा बेपत्ता भएका खार्पुनाथका उपाध्यक्ष सिन्दु हमाल शाही सहित ११ जना, सुक्रबार मृत्यु भएका कर्णाली प्रदेश कमिटिका सदस्य हस्तबहादुर शाहीका दाजु शाही र मैला गाविसका पुर्व वडाअध्यक्षको मृत्यमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
आप्mनै सदस्य हिरासतमा राखेर बैठक सम्पन्न
आप्mनै जिल्ला कमिटि सदस्यलाई प्रहरी हिरासतमा राखेर नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको पहिलो बैठक सम्पन्न भएको छ ।
धेरै लामो प्रतिक्षाको विषय बनेको नेपकाको पहलिो बैठकका अवसरमा जिल्लामा भेला भएका पार्टीका जिल्ला कमिटि सदस्य तथा साविकको वाइसिएलको केन्द्रिय सदस्य अखिल शाहीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर बैठक समापन भएको हो ।
बैठक सञ्चालन भएको अघिल्लो दिन सुक्रबार राती आप्mनै साथीहरु बिच विवाद भएर दोहोरो झगडा भएपछि पार्टीकै प्रदशेका नेता तथा मुख्य मन्त्री उपस्ति भएको सपथ ग्रहण कार्यक्रममा सहभागि गराउनु भन्दा हिरासतमै राखेर बैठक समापन भएको छ । आप्mनै जिल्ला कमिटि सदस्यलाई सपथ ग्रहण जस्तो महत्वपूर्ण कार्यक्रममा नबोलाइएको भन्दै पार्टीकै नेताहरुबाट बिरोध भएको छ ।