सिमकोट । कर्णाली प्रदेश सरकारमार्फत जिल्लामा आएको पुँजिगत खर्च चालु आर्थिक वर्षका दश महिनामा २४ प्रतिशत मात्रे भएको छ । हरेक असार मसान्तमै विकासे बजेट खर्च हुने हुम्लाको प्रवृती यो वर्षपनि दोहोरिने निश्चित छ ।
प्रदेश सरकारले १८ वटा कार्यालयमार्फत जिल्लाका लागि पठाएको १ अर्ब ६४ करोड १३ लाख २२ हजार पुँजिगत बजेटको २४ प्रतिशत अर्थात ३९ करोड ९७ लाख ६७ हजार ३ सय ९५ रुपैयाँ ९० पैशा मात्र खर्च भएको छ । विकासे बजेटका रुपमा चिनिने पुँजिगत बजेट कार्यान्यवनका अवस्था निकै निराशाजनक देखिएको प्रदेश लेखा इकाका प्रमुख रामदत्त पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेशबाट जिल्लामा आएको चालुतर्फको ६७ करोड ३६ लाख ३४ हजार ९ सय ९० रुपैयाँमध्ये अहिलेसम्म ४१ प्रतिशत अर्थात २७ करोड ३४ लाख १७ हजार २ सय २१ रुपैयाँ ५३ पैशा खर्च भएको छ । विकासे परियोजनामा काम भएको भएपनि भुक्तानी लिन आउन ढिला भएकाले पनि खर्च कम देखिएको प्रदेश लेखा इकाइका प्रमुख पाण्डेले बताए ।

पाण्डेका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा आएको ३५ करोड १९ लाख ३४ हजार चालु बजेट मध्ये १३ करोड १५ लाख ७४ हजार ६ सय २७ रुपैयाँ ९० पैशा खर्च भएको छ । यसैगरी १ लाख ५० हजार पुँजिगत रकममध्ये ६० हजार खर्च भएको छ । प्रदेश मातहतका विकासे कार्यालयमध्ये सबैभन्दा बढि बजेट भएको पुर्वाधार विकास कार्यालयको ८९ करोड १ लाख ६० हजार पुँजिगत रकममध्ये २० करोड २४ लाख ४३ हजार ९ सय ५१ रकम खर्च भएको छ । यसैगरी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयको पुँजिगत तर्फको ४५ करोड ७१ लाख ७८ हजार मध्ये १२ करोड ३६ लाख ४९ हजार ३ सय ४६ रुपैयाँ ९० पैशा, चालुतर्फ १ करोड ९० लाख ४१ हजारमध्ये १ करोढ २९ लाख ९१ हजार ६ सय ९० रुपैया ६० पैशा खर्च भएको छ ।
यसैगरी कृषि विकास कार्यालयको पुँजिगततर्फ ३ करोड १५ लाख ७० हजारमध्ये २८ लाख १३ हजार ८ सय ७० र चालुतर्फ ६ करोड ५२ लाख ३ हजारमध्ये करोड १५ लाख २१ हजार ५ सय ५६ रुपैयाँ ९८ पैशा मात्र खर्च भएको छ । उता पशु अस्पताल तथा पशु सेवा कार्यालयको ४० लाख पुँजिगतमध्ये २ लाख ९९ हजार ८ सय ९० र ४ करोड ३३ लाख ४३ हजार चालुतर्फको बजेटमा ७८ लाख ५६ हजार ७ सय ६४ रुपैयाँ ९० पैशा खर्च भएको छ । सबैभन्दा कम खर्च हुनेमा पशु अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालय रहेको प्रदेश लेखा इकाईले जनाएको छ । प्रदेशको विनियोजन ऐनमा भएको समस्याका कारण यी कार्यालयको बजेट कम खर्च भएको हो ।
डिभिजन वन कार्यालयको ३ करोड ९६ लाख ६६ हजार पुँजिगत बजेट मध्ये १२ लाख ४५ हजार ६ सय ६५ रुपैया र चालुतर्फको ४ करोड ३७ लाख ५४ हजार मध्ये २ करोड ७० लाख ८७ हजार ५ सय ६ रुपैयाँ २५ पैशा मात्र खर्च भएको छ । यसैगरी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको चालुतर्फको १ करोड ६७ लाख ४२ हजार ९ सय ९० मध्ये ८५ लाख ९८ हजार ६० रुपैयाँ ८५ पैशा र पुँजिगततर्फको २५ लाखमध्ये २ लाख ८६ हजार ७ सय ६३ रकम मात्रै खर्च भएको छ ।
लेखा इकाई कार्यालयका अनुसार जिल्ला समन्वय समितिको चालुतर्फको १५ लाख बजेट मध्ये ८ लाख ६७ हजार ३ सय ९१ रुपैयाँ १० पैशा चर्ख भएको छ । समितिका लागि पुँजिगत बजेट सुन्य छ ।
प्रदेशबाट स्वास्थ्य सेवा कार्यालयका लागि विनियोजित पुँगिततर्फको १ करोड ३५ लाख रकममध्ये ९५ लाख खर्च भएको छ भने चालुतर्फको ८ करोड ५८ लाख ७३ हजारमध्ये ४ करोड ५९ लाख ३७ हजार ६ सय ४९ रुपैयाँ ७४ पैशा खर्च भएको छ । प्रदेश मातहतको आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा आएको पुँजिगत ३ लाख मात्रै बजेट छ । त्यसमध्ये अहिलेसम्म एक रुपैयाँपनि खर्च भएको छैन भने चालुतर्फको १ करोड ५९ लाख २४ हजार रकममा ७४ लाख १७ हजार ३९ रुपैयाँ ६० पैशा मात्रै खर्च भएको छ ।
प्रदेश मातहत जिल्लामा रहेका कार्यालयमध्ये सबैभन्दा बढि बजेट खर्च सामाजिक विकास कार्यालयले गरेको छ । पुँजगततर्फको २० करोड २३ लाख बजेटमध्ये अहिलेसम्म ५ करोड ८३ लाख ४६ हजार ८ सय ६९ रुपैया खर्च भएको छ । यसैगरी चालुतर्फको १ करोड ६४ लाख २१ हजार मध्ये अहिलेसम्म ९० लाख ४८ हजार ४ सय १९ रुपैया ४० पैशा खर्च भएको छ ।
प्रदेशले पूर्वाधार बाहेक गाउँपालिकाका लागि पनि बजेट पठाएकोमा धेरैजसो खर्च नभएको छैन् । प्रदेश लोखा इकाईका अनुसार जनआन्दोलन र जनयुद्धका घाइते तथा अपाङ्गहरुको स्वास्थ्य उपचारका लागि उक्त रकम गाउँपालिकामा गएको देखिन्छ ।
‘पालिको विकासका लागि एकमुष्ट लेखा इकाएमा आउने गरेको छ’, इकाई प्रमुख पाण्डेले भने, ‘उक्त रकममध्ये सबै गाउँपालिकाले तेस्रो किस्ता माग गरेका छन् भने बाँकी चौथो किस्ताको रकम अहिलेसम्म कुनैपनि गाउँपालिकाले माग गरेको छैन् । माग गर्ने वित्तिकै हामी (कार्यालय निकासा दिने तयारीमा छ ।’
पाण्डेका अनुसार जिल्लाका सातवटै पालिकालाई चालुतर्फ मात्रै उक्त रकम आएको छ । जसमा अदानचुलीलाई ४ लाख २० हजार, खार्पूनाथलाई ३ लाख ८४ हजार, चंखेलीलाई ५ लाख ८८ हजार, ताँजाकोटलाई ९६ हजार, नाम्खालाई २४ हजार, सर्केगाडलाई ९ लाख ३६ हजार र सिमकोटलाई ३ लाख ९६ हजारका दरले प्रदेशले चालुतर्फ बजेट विनियोजन गरेको देखिन्छ ।
त्यसमा ताँजाकोट र नाम्खाको खर्च अहिलेसम्म सुन्य छ भने अन्य पालिकामध्ये क्रमशः अदानचुलीले४३ हजार ५ सय ६०, खार्पूनाथले शतप्रथिशत ३ लाख ८४ हजार, चंखेलीले ४ लाख ३२ हजार, सर्केगाडले शतप्रतिशत ९ लाख ३६ हजार र सिमकोटले पनि शतप्रतिशत ३ लाख ९६ हजार रकम खर्च गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ ११:५४