असार १०, सिमकोट । गाउँसभा गर्न जिल्ला समन्वय समिति हुम्लाले अन्तिम समयमा आएर सिमकोट गाउँपालिकालाई सभाकक्ष नदिने निर्णय गरेको छ ।
झण्डै एकसाता अघि तय भएको सिमकोट गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिती नहुने भएपछि अचानक अन्तिम समयमा आएर सभाकक्ष नदिने भन्दै खबर गरेको सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।
“अहिले अपरान्ह २ बजेदेखि शुरु हुने नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको सबै तयारी पुरा भएको थियो ।” उनले भने, “तर जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी रामप्रसाद अधिकारीले हल नदिनु भन्ने आदेश आएको भन्दै गाउँपालिकालई खबर गरेपछि आफू अचम्ममा परेको छु ।”
समन्वय अधिकारीले अन्य कारण केही नबताएको उल्लेख गरेको अधिकृत दर्जीले आपत्कालिन पालिकाको बैठकले जिल्ला समन्वय समिति नजिकैको एलिस होटेलमा कार्यक्रम सारिएको बताए ।
अन्तिममा आएर गाउँपालिकालाई समन्वय समितिको नेतृत्वले सभाकक्ष किन नदिएको भन्ने बारेमा कसैले मुख खोल्न मानेका छैन्न । यसब बारेमा जिल्ला समन्यव अधिकारीलाई बुभ्mन खोज्दा उनको मोबाइल स्विच अप छ भने कार्यालयको फोन रिसिभ भएको छैन् ।
गाउँसभामा आफुलाई नबोलाएको भन्दै र समन्वय नगरेको भन्दै समन्वय प्रमूखको निर्देशनमा हल नदिएको आरोप गाउँपालिकाले लगाएको छ । पालिकाको उच्च स्रोतले भन्यो हामी स्वतयत्त हौ त्यसमा निमन्त्रणा गर्नै पर्छ भन्ने छैन् । तर समन्वय समिति प्रमूखले योजना तर्जुमा छनोटमा समेत गाउँपालिकाले आफु लगायत अन्य जनप्रतिनिधिसँग परामर्श नगरेको भन्दै केही विवाद भएको बताइएको छ । सिमकोट गाउँपालिका बाटै निर्वाचित भएर आफू समन्वयमा आएको बताएका प्रमूखले गाउँपालिकाले यस बारेमा लादेर लग्न खोजेको आरोप लगाएको छ ।
यमस्या समाधान गर्न अहिले हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले समन्वय गरिरहनु भएको छ ।