अषाढ १०,मुगु । सोरु गाउँपालीकाको चौथो गाउँ सभाको खुला सत्र मंगलबार सम्पन्न भएको छ । अषाढ ३ गते देखी बिषयगत समितिको बैठक सुरु मंगलबार सम्पन्न भएको सोरु गाउँपालीकाका कार्यकारी अधिकृत परशुराम उपाध्यायले बताउनु भयो ।
प््रामुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नु भयो “गत वर्ष गाउँपालीकाले बिनियोजन गरेका योजनाहरुको अनुगमन सकिए पश्चात बिषयगत समितिका बैठकहरु सम्पन्न भए तत्पश्चात मात्र गाउँपालीकाको गाउँ सभा गर्न पुग्यौ र आज चौथो गाउँ सभा सम्पन्न भयो तर बिबिध कारणले जिल्ला सदरमुकाम गमगडी जानु पर्ने भएकाले आजै गमगडी जाँदैछौं त्यसैले बन्न सत्र भने अषाढ १८ गते मात्र गर्ने भएका छौ” अघिल्लो वर्ष कामको प्रभावकारीता नदेखीएता पनि यस वर्ष भने सबै कानुनहरु पस भैसकेकाले कानुन अनुरुपनै काम गरी सोरु गाउँपालीकालाई नमुनाको रुपमा चिनाउन गाउँपालीका लागि पर्ने बताउनु भयो ।
सोमबार गर्ने भनिएको गाउँ सभा कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीको कार्य ब्यस्तताका कारण गमगढीमा ढिलाई भएकाले उहाँ आउन केहि ढिलाई भएको गाउँपालीका स्रोतले जानकारी दिएको छ । मंगलबार सम्पन्न गाउँसभाको प्रमुख अिितथि समेत रहेका प्रदेश संसद चंदबहादुर शाहीले गाउँपालीका समृद्ध बनाउन प्रदेश सरकार लागि पर्ने बताउनु भयो ।
संबिधान सभा पुर्व सभासद नवराज धामीले इतिहाँसमामै पहिलो पटक कपास खेतीको सुरुवात सोरु गाउँपालीकाको भिईमा प्रदेश सरकारले सूरु गरेकाले गाउँपालीकाले पनि यसलाई निरन्तरता दिन आग्रह गर्दै बिस्तारै सबै वडामा कपास जोन बनाउने आफुहरुको लक्ष भएको बताउनु भयो । पार्टी प्रतिनिधि समेत रहेका नेपाली कंग्रेशका खडक बहादुर शाहीले सोरु गाउँपालीकामा बागडोर आफ्नो पाटीले समाले पनी आफु भने प्रतिपक्षमै रहेको जिकिर गर्नु भयो ।
चौथो गाउँ परिषद समयमै सम्पन्न गर्ने लक्ष रहेता पनि बिबिध कारणले बन्द सत्र केहि पर धकेलीएको छ । मंगलबार साँझ अबेर सम्म बन्द सत्र सुरु भए पनि सम्पन्न हुँन सकेको छैन १८ गते पुन बन्द सत्र बस्ने भएको गाउँपालीकाका अध्यक्ष लोक बहादुर शाहीले बताउनु भयो । यस वर्षको गाउँ परिषदमा बिशेष गरी बिकास भन्दा पनि जनचतामुलक कार्यक्रमलाई अगाडी बढाउने लक्ष भरहेको सोरु गाउँपालीकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बलमे बताउनु भयो ।
सोरु गाउँपालीकालाई डिजिटल गाउँपालीका बनाउने घोषणा
सोरु गाउँपालीकाले गाउँपालीकाका सबै कार्यलयहरुमा डिजिटल उपकरणहरु जडान गरेको छ । सोमबार अपरान्ह कर्णाली प्रदेश सभा सदस्य चन्द्र बहादुर शाहीले उद्धघाटन गर्नु भएको सोरु गाउँपालीकाका सुचना प्रबिधि अधिकृत प्रकास मल्लले जानकारी दिनु भएको छ । सोरु गाउँपालिकालाई सुचना प्रबिधियुक्त डिजिटल गाउँपालिकाको रुपमा बिकास गर्ने क्रममा सि।सि।क्यामरा,डिजिटल सुचनापाटी र बिधुतिय हाजिरी प्रणाली जडान कार्य सम्पन्न गरी सञ्चालनमा ल्याई सकेको उहाँले बताउनु भयो । अबको केहि महिना भित्र सोरु गाउँपालीकामा रहेका सबै वडा कार्यालय,बिद्यालय र स्वास्थ्य चौकीमा समेत जडान गर्ने तयारी भैरहेको समेत उहाँले बताउनु भयो ।