असार १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामले जनतामा निराशा छाएको प्रतिक्रिया दिए ।
पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पुर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति र अवकास लगायत क्रियाकलावले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताए।
न्यूनतम पूर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको टिप्पणी उनले गरेका नेतता नेपालले व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त हुँदैनु भन्दै परिर्वतनको आवश्यकताभएको बताए । नेपालले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताए। उनले भने, 'कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ ।"
सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छु, उनले भने, व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ। व्यवहारले ठीक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने आवश्यकता पर्छ। नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखे। आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ ।
ष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने, नेपालीले दुस्ख पाउने, विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइनु, उनले भने, 'नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगीहरु एकदम लहलहाउने स्थिति होइन।' केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी निर्णय गर्नुपर्नेमा उनले जोड दिए। नेता नेपालले राम्रो गर्नेलाई इर्श्या गर्ने किसिमको ध्वंम्सात्मक दिमाग राख्न नहुने बताए।