काठमाडौं । देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबारदेखि सुरु भएको वर्षा आज बिहानसम्म धेरै स्थानमा वर्षा भइरहेको हो । कतिपय स्थानमा भने बिहीबारबाटै वर्षा सुरु भएको थियो ।
गण्डकी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको नेपाल मौसम विज्ञान विभागले बताएको छ ।
“अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ,” मौसमविद् अनुप नेपाल भन्छन्, “समग्रमा कोसी र मधेसमा अन्य प्रदेशको तुलनामा कम वर्षा भइरहेको छ ।”
आज दिउँसोबाट वर्षा कम हुने उनको भनाइ छ । दिउँसो केही समय पानी पर्ने र रोकिनेक्रम चलिरहने उनले जानकारी दिए ।
“दिउँसो २र३ बजेदेखि भने मौसममा सुधार हुँदै जाने देखिन्छ,” मौसाविद् नेपाल भन्छन्, “त्यसअघि पानी पर्ने र रोकिने भइरहन्छ ।”
काठमाडौंमा पनि २र३ बजेपछि मात्रै मौसममा केही सुधार हुने उनले प्रस्ट पारे ।
पूर्वानुमान विपरीत पश्चिम नेपालमा बढी वर्षा भयो स् मौसमविद् पोखरेल
यसैबीच, आज दिउँसो र राति पनि वर्षाको सम्भावना छ । विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको समभावना छ ।
हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३ १०:१२