अषाढ २३ , हुम्ला । हुम्ला र मुगुका केही स्थानीय तहमा बिप्लब समुहले तालाबन्द गरेको छ ।
पुँजीवादी संसदीय ब्यवस्था अन्त्य गरौ, सामाजीक दलाल पुँजीवादी सरकार खारेज गरौ भन्ने नारा दिएको पम्पलेट टाँस गरी आजदेखि हुम्ला जिल्लाको ताँजाकोट गाउँपालीकाको वडा नं ३ र ४ मा र मुगुको शोरु गाउँपालिकाको कार्यालयमा तालाबन्दि गरिएको छ ।
यही असार ५ गते विप्लव समुहका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको र जेठ महिनामा भोजपुर जिल्लामा तिर्थ घिमिरेको गोली हानी हत्या गरेको विरुद्धमा वप्व समुहले स्थानीय तहका कार्यालयमा तालाबन्दि गरिएको नेकपा विप्लव समुह हुम्लाका जनसरकार प्रमूख कुम्भ बुढाले जानकारी दिए । उनका अनुशार स्थानीय तह, प्रदेश सरकार देखि संघिय सरकारमा समेत निकै ठूलो आथिैक चलखेल भएको, आफन्तलाई ठेक्कापट्टाको काम दिएर कमिसन लिएको आरोप लगाउँदै विप्लव समुहले तालाबन्दि गरेको हो ।
सरकार र स्थानीय तहमा हुने आर्थिक अनियमितााका विरुद्धमा पार्टीको भेरी कर्णाली ब्यूरोले गरेको निर्णय अनुशार आजदेखि स्थानीय तहमा तालाबन्दि गरिएको पार्टीद्धारा गाउँमा वितरित प्रर्चामा उल्लेख गरिएको छ ।
आप्mनो पार्टीले राखेका मागहरुका बारेमा सरकारबाट सुनुवाई गर्नु भन्दा थप आतंक फैलाउँदै जाने जस्ता क्रियाकलाप गरेको बताएको विप्लव समुले हुम्लाको अदानचुली गाउँपालीका वडा ३ र ५ मा पनि राँके जुलुस सहित नाराबाजी पनि गरेको बताइएको छ ।
संयुक्त क्रान्तीकारी जन परिषद नेपाल जिल्ला समिति मुगु नाम दिएको सुचना टाँस गरी शोरु गाउँपालिकामा गरिएको तालाबन्दि गरिएकोसोरु गाउँपालीकाँबाट बिनोद शाहीले जानकारी दिए ।
१५ बुँदे सुचना टाँस गरी उक्त बुँदाहरुको समस्या समाधान नगरी ताला खोले सम्बन्धीत पक्ष जवाफदेही हुँने लेखीएको छ ।