अषाढ २८ हुम्ला । अदानचुली गाउँपालीका नम्बर वडामा सञ्चालीत योजनाहरुको खाता रोक्का गर्न स्थानीय नागरीकहरुले वडा कार्यलयमा निबेदन दिएका छन् ।
वडा कार्यलयमा सञ्चालीत सबै योजनाहरुको काम प्रभाकारी नभएको भन्दै वडा नं १ का सबै बुद्धिजिबि जनमानसको सहभागीतामा यस्तो निर्णय भएको मण्डाल्नी प्राथमीक बिद्यालयका शिक्षक समेत रहेका कर्णाली संस्कृति संरक्षण केन्द्रका अध्यक्ष राज बहादुर दानीले जानकारी दिए ।
अदानचुली गाउँपालीका वडा नं १ मा यस आर्थिक वर्षमा संघ र प्रदेशको आँखा नगएको गुनासो गर्दै गाउँपालीकाले मात्र दिएको बजेटलाई पनि सही सदुपयोग नभएको भन्दै सदुपयोग नभए सम्म कुनै पनि योजनाको रकम भुक्तानी नदिन भन्दै वडा कार्यलयमा निबेदन परेको छ ।
अदानचुली गाउँपालीकाले बिनियोजन गरेका ५ वटा योजनाहरु मध्ये २ वटा ठेक्का द्धारा सञ्चालीत भएका छन् भने ३ वटा उभोक्ता समिति द्धारा सञ्चालीत भएको वडा नं १ का वडा अध्यक्ष रग थापाले बताए । उहाँका अनुसार ठेक्कामा गएका मध्ये तुम्च सिचाईको १० लाखको योजनामा प्राबिधिकहरुले जम्मा १ सय मिटर मात्र स्टमेट गरेको देखीयो सोही बमोजीम काम भएको बताए , उता मण्डाल्नी आधारभुत बिद्यालयमा ८ लाख बिनियोजन गरीएकोमा २ कोठे भवन निर्माणधिन अबथामा रहेको बताए
त्यसै गरी उपभोक्ता समिति द्धारा सञ्चालन भएको ३ वटा योजना मध्ये च्ऋक्ष्ध् द्धारा सञ्चालीत सिचाइृ कुलोमा १० लाख बिनियोजन गरीएको मा ८ लाख ९१ हजार रकम गाउँपालीकाले शुक्रबार मात्र निकास दिएको छ । निकासा भएको जानकारी स्थानीयले पाए लगत्तै यस्तो निबेदन दिन बाध्य भएको दानीले बताए ।
दानीका अनुसार तुम्च सचिाईको कुलोमा ४ लाख भन्दा धेरै हाजी नभएकोले १० लाख बराबरको काम गराएर मात्र उक्त ८ लाख ९१ हजार रुपैया निकासा दिनु पर्ने बताए , उनले यदी काम गराउनु अगाबै उक्त रकम निकासा भए करिब ५ लाख रुपैया खेर जाने बताए ।
निरन्तर रुपमा बसि रहेका बुम बहादुर थापा,धन बहादुर थापा र धनराम थापा लगाएत करिब ३० जनाले करिब ४ लाख भन्दा धेरै काम नभएको बताए तर यसको मुख्य दोसी १० लाख बराबरको मुख्यांकन गर्ने प्राबिधिक दोसी भएकाले भोली नै प्राबिधिक सँग कसरी,कुन आधारमा मुल्यांकन भयो भनेर छलफल गरीने पनि शिक्षक दानीले बताए , यदी कमिसनको खेल भएको भए १० को १० लाख प्राबिधिकलाई फिर्ता गर्ने निर्णय भएको बताए ।
यसै गरी तिर्था सैन खानेपानीको लागि ५ लाख रकम बिनियोजन गरेको छ तर काम भने भर्खर सुरु भएको छ रकम कसरी निकासा भयो भन्दै गाउँका सबैले आप्पती जनाए । अर्को २ लाख रुपैया बिनिोजन भएको प्वाँले माँडौ नाम दिएको फडेरा गाउँको माँडौको खाता केहि दिन अघी मात्र सञ्चालन भएको छ ।
यता वडा अध्यक्ष रग्या थापाले भने प्राबिधिकको मुल्यांकनको आधारमा आफुले सिफारीस दिएको बताएका छन् यदी वडा नं १ बासी सबैले काम भएको छैन भने म खाता रोक्का गरी पुन काम सुचारु गराई सार्वजनीन लेखा परिक्षण गराएर मात्र रकम भुक्तानी गराउने बताए ।