असार ३१, सिमकोट । दलित तथा गरिबका नाममा आयोजना गरिएको सिलाई कटाई तालिममा जिल्लाका उच्च पदस्थ व्यक्ती (भिआइपी) लाई कोट वितरण गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष ०७५।०७६ को नियमित कार्यक्रममा आएको बजेटबाट रेलु तथा साना उद्योग विकास समिति हुम्लाले उक्त कोट वितरण गर्न लागेको हो ।
घरेलु कार्यालयले विभिन्न गाउँपालिकाका सिलाई कटाई काममा संलग्न दलित तथा गरिवहरुका लागि गएको जेठ १५ गते देखि असार २९ गते सम्म सञ्चालन गरेको ४५ दिने तालिममबाट जिल्ला समन्वय समितिका प्रमूख, प्रमूख जिल्ला अधिकारी, सहायक प्रमूख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष देखि प्रहरी प्रमूख लगायतका एक दर्जन उच्च पदस्थ व्यक्तीहरुका लागि कोट तयार गरिएको छ ।
लाखौ रकम खर्चेर सिमकोटमा सञ्चालन गरिएको तालिममा आएका सहभागिलाई कोट सिलाई सम्बन्धि सिप सिकाउन सुर्खेतबाट आएका प्रशिक्षककाट उक्त कोट तयार गर्न लागइएको तनलिममा सहभागि सिमकोट २ ठेहेकी लछु भण्डारीले गुनाशो गरिन् । तालिममा प्रशिक्षकको अधिकांश भिआईपीलाई कोट सिलाउनमा गएका बताएका खार्पुजनाथ ३ का सहभागि मानबहादुर परियारका अनुशार तालिम त्यति प्रभावकारी भएन् ।
उनले भने, जिल्लाका सबै ठुलाबडाहरुले आफूलाई राम्रो कोट सिलाई दिन भनेपछि तालिमका प्रशिक्षकले आफुलार्य सिकाउन भन्दा बढी ध्यान भिआइपीका कोटमा दिए ।
शुरुमा सिलाई कटाई काममा संलग्नलाई लक्षित गरेर आयोजना गरिएको ४५ दिने उद्यमशिलता विकास तथा एड्भान्स सिलाई कटाई तालिमका लागि ल्याएको कपडालाई प्रयोग गरेर जिल्लाका (भिआईपी) कोट तयार गरिएको हो ।
तालिमको अनुगमनका क्रममा गएका जिल्लाका उच्च पदस्थ व्यक्तीहरुले कस्तो कोट बन्दो रहेछ भनेपछि आफूले व्यवस्थापन गरेको घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका निमित्त प्रमूख सम्भुप्रसाद उपाध्ययले जानकारी दिए उनका अनुशार अनुगमनमा गएका जिल्ला समन्वय समिति प्रमूख दानबहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, प्रमूख जिल्ला अधिकारी धोलकराज ढकाल, सहायक प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरलेल, कोष तथा लेखा नियन्त्रक राजन रेग्मी, समन्वय अधिकारी रामप्रसाद अधिकारी, जिल्ला प्रहरी प्रमूख रामप्रसाद घर्ति मगर, शसस्त्र प्रहरी प्रमूख राजकुमार श्रेष्ठ , राष्ट्रिय अनुसन्धानका प्रमूख सञ्जिव चौधरी, नेपाली कंग्रेसका जिल्ला सभापती जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललका स्वकिय सचिव नन्दबहादुर रोकायाको नापोमा कोट तयार गरिएको छ । यसैगरी जिल्ला युवा परिषद अध्यक्ष कमल बोहोरा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहरा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पर्वत सुनारलाई पनि तालिमबाटै कोट तयार गरिएको घरेलु तथा साना उद्योग विकास समिति हुम्लाल पुष्टि गरेको छ ।
तालिमका लागि ल्याइएको राम्रो राम्रो कपडालाई छानेर पद अनुशारको कोट बनाइएको छ । आफुले कोटप्याइन्ट सिलाउन सिक्न आएको बताएका तालिमका सहभागिले आफुले पाउने सुविधाबाट उच्चपदस्थ व्यक्तीलाई कोट दिन नहुने बताए ।
गरिवको नाम बेचेर सरकारी तलब खाने र सरकारबाटै ड्रेस पाउने व्यक्तीले यसरी आप्mनो पद र पावरले कोट सिलाउन दिनु अख्तियार दुरुपयोग भएको बताएका तालिमका सहभागि मानबहादुर परियारले यो गैर कानुनी भएको भन्दै आपत्ती प्रकट गरे । यसबारे घरेलु कार्यालयले भने सामान्य रुपमा लिएको छ । अनुगमनमा गएका बेला उच्चपदस्थ व्यक्तीहरुको नाप लिएको बताएका घरेलु कार्यालयका प्रमूख उपाध्ययले भने, हामीले अरु केही सोचेनौ उहाँहरु (भिआइपी) ले नापो दिएर जस्तो बन्छ हामीपनि सिलाउँन भनेपछि बाध्य भएर तयार पारिएको हो ।
तालिमको समापन सँग सबै उच्च पदस्थलाई सिलाइएका कोट हस्तान्तरण गर्ने कार्यक्रम भएपनि सञ्चारकर्मीले चासो राखेपछि समापनको दिन वितरण नगरिएको हो । आआप्mनो नापोमा तायर पारिएका कोट अहिले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय नजिकैको कोठामा नाम लेखेरै झुण्ड्याइएका छन् ।
तयार पारिएका कोट कार्यालयको अनुकुलतामा सम्बन्धि अधिकारीलाई प्रदान गर्ने बताइएको छ । आर्थिक वर्षको अन्तमा हतारहतारले शुरु गरिएको तालिममा आएको कपडा सकाउन र तालिमपति जिल्लाका उच्च पदस्थ व्यक्तीबाट कम आलोचना होस् भन्नका लागि यसरी कोट वितरण गरिएको तालिमका एक सहभागिले बताए ।