काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ।
चक्रवात 'मोन्था'को सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रभावित हुने प्रदेश र जिल्लाहरू
हिमपातः कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
भारी हिमपातः कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।
नदी बहावः उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स(साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ।
जोखिम र पूर्वतयारीका लागि अनुरोध
सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले, प्राधिकरणले सबै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छस्
यात्रा नगर्नेः अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्नु।
सुरक्षित स्थानको जानकारीः डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानबारे जानकारी लिनु र अरूलाई पनि जानकारी दिनु। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जानु।
सतर्कताः प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नु। जोखिम देखिए सुरक्षित स्थानमा सर्नु।
बाली भित्र्याउनेः धान तथा अन्य बाली नकाट्नु, काटेको भए तत्काल भित्र्याउनु।
सवारी आवागमनः प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमनबारे निर्णय गर्नु र सोको पालना गर्नु गराउनु।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ।