अषाढ ४ हुम्ला । अदानचुली गाउँपालीकाले शनिवार प्राबि तहका करार शिक्षकहरुको लागि परिक्षा लिएको छ ।
अदानचुली गाउँपलीकामा रहेका प्राबि तहका ७ वटा कोटाको लागि १ महिना अघि नै बिज्ञापन गरेको थियो उक्त बिज्ञापनमा ३५ जनाले फारम भरेको अदानचुली गाउँपालीकाले जानकारी दिएको हो ।
फारम भरेका ३५ जना मध्ये २७ जना परिक्षार्थि मात्र सहभागी भएको केन्द्राध्यक्ष समेत रहेका अदानचुली गाउँपलीकाका प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेयले जानकारी दिनु दिनु भयो ।
पुर्व सुचना अनुसार दिउसो १ बजे सञ्चालन गर्ने भनिएता पनि प्राबिधिक कारणले केहि ढिलाई हुँदा साढे २ बजे देखी मात्र सञ्चालन भएको अदानचुली गाउँपालीकाका नायब सुब्बा समेत रहेका सहायक केन्द्राध्यक्ष टक्क दत्त प्याकुरेलले जानकारी दिए ।
उहाँका अनुसार परिक्षामा सहभागी भएका २७ जना मध्ये ५ जना महिला परिक्षार्थी र २२ जना पुरुष परिक्षार्थी परिक्षामा सहभागी भएका छन् १ जना बाहेक अरु सबै अदानचुली गाउँपालीका भित्रका मात्रै परिक्षामा सहभागी भएका छन् ।
परिक्षामा अनुपस्थित भएका ८ जना मध्ये केहि शिक्षक सेवा आयोगले लिएको परिक्षाको मौखिक परिक्षामा सहभागी हुँन गएका छन् भने केहि बिभिन्न कामले आउन नपाएको पनि उहाँले जानकारी दिए, भने निमाबि स्तरको पनि बिज्ञापन गरेको मा त्यसको परिक्षा भने आईतबार बिहान ७ बजे देखी सञ्चालन गर्ने तयारी भएको केन्द्राध्यक्ष पाण्डेयले जानकारी दिए । यसको नतिजा भने निमावीको परिक्षा सम्पन्न भए पश्चात मात्र दुबै तहको एकै पटक गरीने भएको पनि बताए ।
यसै गरी नि मा बी अंग्रेजी बिषयको लागी १ सिटको बिज्ञापन गरेकोमा अदानचुली ३ का जगत भियालले फारम भरेको तर उनि आयोगको मौखीक परिक्षामा गएका छन् भने नि मा वी समाजीकमा पनि १ जना अदानचुली ६ का धनराज शुढाले मात्र फारम भरेका छन् नि मा वी गणित मा भने ९ जनाले फारम भरेको बताए ।