असोज ३, सिमकोट । पहिलो पटक जनताका प्रतिनिधिले निर्माण गरेको संविधान घोषणा गरेको अवसरमा देशैभर तेस्रो संविधान दिवश मनाइरहेको बेला हुम्लामा भने कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केशी बाहिर बस्नु परेको छ ।
संघिय सरकारको निर्देशन अनुशार हुम्ला जिल्लाको संविधान दिवश मुलसमारोह समितिले आयोजना गरेका कार्यक्रम शुरु भएको स्थानमा मन्त्री केशीलाई आयोजकले नबोलाएपछि बिहान झण्डै दश बजे सिमकोट पुगेकी मन्त्री केशी झण्डै दुई घण्टा जिल्लाका कार्यकर्तासँगको भेटघाटमा समय बिताएकी छन् ।
जिल्ला सदरमुकाम सिमकोटको मानसरोवर बहुमूखी क्याम्पसमा संविधान दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रम केही समय मात्रै शुरु भएको थियो । कार्यक्रम शुरु भएको झण्डै आधाघण्टा पछि नेपालगञ्ज देखि समिट एयरको बिमानद्धारा प्रदेश सासद चन्द्रबहादुर शाही, पुर्वसंविधानसभा सदस्य तथा मुगुका नेता नवराज धामी, साविकको हुम्ला जिल्लाका नेता ज्ञामी बुमी, मुगुका नेता धरमबहादुर शाही र प्रदेश मन्ज्ञालय मातहतका केही कर्मचारी सहित सिमकोट पुगेकी मन्त्री केशी सिमकोट पुगेकी थिएन् । आप्mनै कार्यकर्ता र केही सुरक्षाकर्मीको स्वागतमा साविकको जिल्ला कृषि विकास कार्यालयमा पुगेकी मन्त्री केशीलाई कार्यक्रममा कतैबाट निम्ता नआएपछि सिमकोट माथिल्लो बजारको मानसरोवर होटेलमा बस्नु प¥यो । नेकपाका एक जिल्ला नेताले नेपालबोडलाई भने “आयोजक जिल्ला समन्वय समितिको कमजोरीका कारण संविधान दिवश जस्तो एतिहाँसिक दिनमा प्रदेश मन्त्री वेरोजगार बस्नु परेको हो ।”
मन्त्रीजस्तो व्यक्ती जिल्लामा आउँदा समेत स्थानीय प्रशासनले स्वागत सत्कारमा सहभागि नभएको प्रति आक्रोस व्यक्त गरेका नेकपाका ति नेताले भने “कुनै देशको राजदुत आउँदा लम्परसार पर्ने स्थानीय प्रशासन मन्त्री आउँदा वास्ता नगर्नु निकै रहस्यामय छ ।
साविकको जिल्ला कृषि विकास कार्यालयलाई प्रदशे सरकार अन्तरगत ज्ञान केन्द्रमा रुपान्तरित गर्ने कार्यक्रमका सिलसिलमा हुम्ला पुगेकी मन्त्री केशीलाई संविधान दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रमूख अतिथि बनाउन नसक्ने भएपछि आयोजकले बोलाउन नचाहेको बताइएको छ ।
गएको सोमबार जिल्ला समन्वय समतिका संयोजक दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले संविधान विदशका अवसरमा हुने कार्यक्रमको निर्णय गरेको थियो । प्रमूख अतिथि कसलार्य बनाउने भन्ने निर्णय नभएपनि मंगलबार वेलुका कर्णाली प्रदेशका विपक्षि दलका नेता तथा पुर्वमन्त्री जीवनबहादुर शाहीलाई कार्यक्रमको प्रमूख अतिथि बनाउने निर्णय भएको सहायक प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
मन्त्री केशी जिल्लामा आउने औपचारिक जानकारी नआएको बताएका पोखरेलले भने “मन्त्रीको केशीको सिमकोट आउने कार्यक्रम १ बजेका लागि तय भएको र कार्यक्रम १२ बजेसम्म सकिने भएकाले केही तलमाथि जस्तो देखिएपनि खासै त्यस्तो इस्यू नै बनाउने विषय आवश्यक होइन् ।” मन्त्रीको जिल्ला आउने कायृक्रम केही समय पछि भएकाले औपाचारिक कार्यक्रम सकाएर आफूहरु विमानस्थलमा जाने सोच भएको बताएका सहायक प्रमूख जिल्ला अधिकारी पोखरललले औपचारिक कार्यक्रम छोडेर आफूलाई जान नमिलेको बताए ।
उता मन्त्री केशीलेपनि मौशम र समय नमिलेका कारण आफू संविधान दिवशजस्तो एतिहाँसिक दिनमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन नपाएकोमा दुख व्यक्त गरिन् । जिल्ला ज्ञान केन्द्रको उद्घाटन ४ बजेका लागि तय गरिएको भएपनि जिल्ला आउने जहाज र हेलिकप्टरका कारण तहमाथि भएको बताएकी केसीले जिल्लामा आयोजना गरिएको संविधान दिवशको कार्यक्रममा सहभागिताका विषयमा खासै प्रतिक्रिया आवश्यक नरहेको बताइन् ।