आश्विन ३, काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले नेपाल कम्युष्टि पार्टी (नेकपा) को दुईतिहाई सरकारका गतिविधीले लामो समयको राजनीतिक लडाईबाट ल्याएको संघियता जनतामाझ अलोकप्रीय बन्दै गरेको आरोप लगाएको छ ।
सरकार राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग निर्माणमा संघीय सरकारले गरेको ढिलाईले संघीयता अलोकप्रिय बन्न पुगेको कंग्रेसले निष्कर्ष निकालेको छ ।
संविधान दिवसका सन्दर्भमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वित्त आयोग नबन्दा कर निर्धारणको स्वइच्ेचारिता बढ्दा र त्यसले संघीयतालाई अलोकप्रिय बनाएको बताए ।
संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार बनेको सात महिना बित्दासमेत दुईटा बाहेक अन्य प्रदेशको नामकरण हुन नसकेको छैन्, प्रवक्ता शर्माले भने “प्रदेश राजधानीको टुंगो नलागेको, संघीय सरकार र प्रदेश सरकारबीच अधिकारको प्रयोगमा द्वन्द्व बढेको छ ।” यस्ता क्रियाकलापले संघीयता प्रभावकारी रुपमा कार्यन्वयनमा आउन सकेको छैन् । मधेसी जनताको भावना अनुसार संविधान संशोधनको प्रकृया अघि नबढाईएको र संविधान कार्यन्वयनमा सरकारको इमानदारिता नदेखिएको आरोप प्रवक्ता शर्माले लगाए ।
देशभर ‘संविधान दिवस मनाईरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने, कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचत्रको चित्र अहिले नेपालमा प्रस्तुत भइरहेको छ,’ पत्रकार सम्मेलनमा कंग्रेसद्धारा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थिती बन्न वर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ ।’
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षा कायम गर्ने दिशामा असफल भएको ठहर प्रमूख प्रतिपक्षी दल कंग्रसको छ । निर्मला बलत्कार र हत्या प्रकरणतिर संकेत गर्दै कंग्रेसले भनेको छ, ‘दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने अवस्था सृजना भएको छ ।’