भदौ १२, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान दिवसमा बियर खान र तास खेल्न सार्वजनिक विदा नदिएको बताएका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको उपसमितिको बैठकमा मन्त्री बाँस्कोटाले घुम्न वा अरु कुनै रमाइलोका लागि बिदा नदिइएको प्रष्ट पारे। मान्छेको ध्यान आकर्षित हुने गरी दिवसको प्रचार गर्नुपर्ने उनले बताए।
बुधबार मन्त्रालयमा आफू नेतृत्वको संविधान दिवसको प्रचारप्रसार उपसमितिको बैठकमा उनी उक्त दिन सार्वजनिक बिदा दिनुको कारणबारे बोल्दै थिए।
ुत्यो दिन तास खेल्नको निम्ति, पिकनिक खानको निम्ति, बियर खानको निम्ति, गर्ल फ्रेन्ड लिएर हिँड्नको निम्ति, ब्वाइफ्रेन्ड भेट्न जानको निम्ति दिएको बिदा होइनु, मन्त्रालयमा भएको कार्यक्रममा उनले भने, 'घुम्न जानको निम्ति पनि होइन। राष्ट्रिय दिवस नै मनाउन बिदा दिएको हो।'
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन भएको छ। मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार समितिको अध्यक्ष मन्त्री बाँस्कोटा छन्।
२०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय सरकारले गरेको छ। यसपटक मानिसहरूको ध्यान आकर्षित गर्ने गरी राष्ट्रिय झण्डा देखिनेगरी व्यापक प्रचार गर्नुपर्ने उनले सुनाए।
'मान्छेको ध्यान आकर्षित हुने गरी दिवसको प्रचार गर्नुपर्योु, बाँस्कोटाले भने, 'राष्ट्रिय झन्डा भएको चिज (प्रचार) गर्ने।', बाँस्कोटाले भने, 'कसले गर्ने, कतिसम्म गर्ने, कहाँ गर्ने कार्यक्रम बनाउँदैछौँ। सुझाव दिनुहोला।'
बाँस्कोटाले युवाहरूलाई लक्ष्य गरी टुँडिखेल र दरबार क्षेत्र जस्ता ठाउँमा कन्सर्ट गर्ने पनि योजना सुनाए। 'कार्यक्रम सिफारिस गरौँ। युवाहरूलाई टुडिँखेल, दरबार स्क्वायरमा कन्सर्ट गर्न सकिन्छु, उनले भने।