भदौ १३, काठमाडौं । पहिलो पटक कार्यकारी अधिकार पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
सचिवलायका हालसम्म बसेका बैठकका निर्णयहरूका आधारमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूलाई निर्देशिका जारी गरिएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्ताक्षर गरेर उक्त अन्तरपार्टी निर्देशिका जारी गरिएको हो ।
गत जेठ २ गतेदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको एक केन्द्रीय कमिटी सदस्यले बताए ।
उक्त निर्देशनमा निर्णयहरूको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशित गरिएको छ ।
ुयथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,ु निर्देशिकामा भनिएको छ, ुअब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।ु
यसअघि पार्टी एकता सम्पन्न भएपश्चात् केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयहरूको आधारमा अन्तरपार्टी निर्देशन – १, विशेष परिपत्र – १, २, ३ र ४ जारी भइसकेको छ ।
कतिपय जनवर्गीय संगठनको केन्द्रीय कमिटीका लागि तय गरिएका सदस्य संख्या अपर्याप्त भयो भन्ने लगायतका विषयमा महासचिव विष्णु पौडेलसँग परामर्श गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
भदौं १३ गते नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (पूर्णपाठसहित)