भाद्र, १३ सुर्खेत । एनआईसी एशिया बैंकले आफ्नो सुपर चमत्कारिक बचत योजना सार्वजनिक गरेको छ ।
बैंकले २२ औँ स्थापना दिवशको अवसरमा विभिन्न ३० विभिन्न विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।
योजना अन्र्तगत सुपर चमत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, वावु नानी बचत खाता, विद्यार्थी वचत खाता, स्वरोजगाार बचत खाता, वैदेशिक बचत खाता, उद्यमशील बचत खाता तथा तलव बचत खाता रहेको बैंकका क्षेत्रीय प्रर्वन्धक चेतराज भण्डारीले जानकारी दिए ।
चमत्कारिक बचत खाता अन्र्तगत बचतकर्ताले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ एक करोड ३१ लाख ५० हजारसम्मको विमा सुविधा पाउन सक्नेछन् । प्रर्वन्धक चेतराज भण्डारीका अनुसार योजनामा परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पुर्ण अशक्ततालागि एक करोड रुपैया सम्मको विमा सुविधा, दम्पतिको लागि ५ घातक रोगहरु लागेमा ३० लाख रुपैया सम्मको स्वास्थ्य उपचार विमा सुविधा, परिवारका सबै सदस्यहरुकालागि एक लाख ५० हजार सम्मको औषधि उपचार विमा सुविधा समावेश गरिएको छ ।
योजना अन्र्तगत बैंकका ग्राहकले नेपालभर जुनसुकै एटिएम प्रयोग गर्दा निःशुल्क रुपमा रकम झिक्न सकिने बैंकका सुर्खेत शाखा प्रमुख ज्ञानेन्द्र भण्डारीले जानकारी दिए । कर्णाली प्रदेशका डोल्पा र हुम्ला वाहेक अन्य सबै जिल्लाहरुमा शाखा रहेको बैंकले गाह्रहकले सबै शाखा मार्फत यो सुविधा लिन सक्ने व्यवस्था मिलाएको छ ।