असोज ७ हुम्ला । गत आर्थिक वर्षमा आईपुग्नु पर्ने खाद्ययन्न काठमाण्डौ हुदै सदरमुकाम सिमकोटमा सोमबार पुगेको छ भने हुम्लाको दक्षिणी भेगका लागि भर्खर सम्झौता हुँने गरेको छ । यस आर्थिक वर्षमा नेपाल खाद्य संस्थानले नै टेन्डर प्रकृया ढिलो गरेर यस वर्षको दशैमा तल्लो भेगमा चामल नपुग्ने निश्चित भएको छ ।
सिमकोटको लागि चामल सलिसल्ला पुग्यो
केही दिन अगाडी केरुङ्ग नाकाबाट हुदै हिल्सामा पुगेको पाँच हजार पाँच सय कुईन्टल चामल मध्य चामल चार हजार कुइन्टल चामल सिमकोट खाद्यय संस्थान लागी सलिसल्लामा पुगेको छ भने १५ सय कुइन्टल चामल याल्वाङ्ग वितरण केन्द्रमा पुगेर विक्रि वितरण गरिएको नेपाल खाद्यय संस्थान हुम्लाका प्रमुख राम बहादुर विष्टले बताए । सलीसल्ला खोलामा पुगेको ४ हजार कुईन्टल चामल मध्य सोमबार दुई वटा टिप्परले पहिलो पटक तीन सय चालीस बोरा खाद्ययन्न सिमकोट खाद्यय संस्थानमा पुराएको छ । हिल्सा देखि एक हप्ता बढी सल्लीसल्ला खोलामा रहेको चामल सोमबार टिपरहरुले ओसार्न थालेको ठेकेदार धुब्र शाहीले जानकारी दिए । सल्लीसल्ला खोला देखि सिमकोट आईपुग्न टिपरले करिब ६ घण्टा लगाउने गरेका छन भने सोमबार दुईवटा टिपरले चामल ओसारेका थिए । सल्लीसल्ला खोलामा रहेका अन्य सात वटा टिपर मार्फत सिमकोट खाद्यय संस्थानको चामल बुधबारबाट नियमीत ओसार्ने भएको खाद्यय संस्थानका विष्टले बताए ।
श्रीनगर डिपो खाली
अषाढको अन्तीम हप्ताबाट श्रीनगर डिपो खाली भएको छ । कार्यालय सहयोगी सहित ३ जना कर्मचारी भएको श्रीनगर शाँखामा हाल चामल नभएर कर्मचारी मात्र रहेका छन् । डिपो प्रमुख दिवाकर वलीका अनुसार दशै सम्म चामल नपुग्ने सम्भावना रहेको बताए । दशै सम्म चामल पुग्छ भनेर कर्मचारीलाई तयारी अबस्थामा बस्न भनेता पनि ठेक्का प्रकृया केही ढिलाई भएकाले ठेक्का प्रकृया पुरा भई ठेकदारहरुले असोज ८ गते सम्म सम्झौता गर्ने अन्तीम मिति रहेको जानकारी दिनु भयो ।
२५०० कुन्टल चामलमा ३ जनालाई ठेक्का
श्रीनगर डिपोका लागि २५०० कुईन्टल चामलको लागि ३ जनाले ठेक्का लिने भएका छन् । श्रीनगरका लोकेन्द्र भण्डारीले ५०० कुइन्टल,ठेकदार दुर्गाबहादुर बुढाले ५०० कुईन्टल र १५०० कुईन्टल चामल श्रीनगरकै ठेकदार नन्द महताराले ठेक्का लिएको डिपो प्रमुख वलीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सुर्खेत हुँदै कालीकोट पिलिचौरबाट हुम्ला आउने १००० कुईन्टल चामलमा ५०० कुईन्टल लोकेन्दै भण्डारी र ५०० कुईन्टल दुर्गा बहादुर बुढाले ठेक्का लिएका छन् भने ५०० कुईन्टल मार्तडीबाट र १००० धनगढीबाट आउने चामल ओम जय दुर्गेको नाममा परेको चामल पनि श्रीनगरकै नन्द महताराले ढुवानी गर्ने गरी सम्झौता भैरहेको बताउनु भयो ।
दशैमा चामल नपुग्ने निश्चित
खाद्य संस्थानले टेन्डर प्रकृया ढिलो भएको भन्दै दशैमा चामल पु¥याउन नसकिने ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिनु भयो असोज ८ गते सम्म सम्झौता गर्ने अन्तीम समय भएता पनि अन्य प्रकृया बाँकी रहेकाले दशैमा चामल पुगाउन नसकीने बताए । उहाँका अनुसार यस वर्षको टेन्डर प्रकृया नै ढिला भएकाले कसैले पनि यो दशैमा चामल पुगाउन नसकीने बताउँदै सिमकोटमा पुगाएको चामल अघिल्लो वर्षको हुँन सक्ने बताए । सिमकोटमा चामल नपठाई नहुँने भएकाले त्यहाँ चामल सरकारले नै हाल पठाई रहेको र जिल्लाको तल्लो क्षेत्रमा चामल बाहेक अन्य बिकल्प भएकाले पनि केहि ढिलाई गरेको बताए । दशैमा कर्मचारी पनि घर जाने र आफुहरु पनि घर जाने भएकाले पनि ढिलाई हुँने बताए । बाजुरा तिर कतै कोही ठेकेदारले जम्मा गरेको चामल भए मात्र पुगाउन सकिने बताए ।
सिमकोटमा भने दशैंमा चामलको अभाव नहुँने
सधै दशैंमा चामलको अभाव हुने हुम्लामा यो वर्ष खाद्ययन्न मौजात प्रसस्त रहेको छ । गएको वर्ष नेपाल खाद्यय संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण थियो । त्यसै अनुरुप विभिन्न निकायको सकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्यय संस्थानको गोदाममा चामल स्टोक रहेको संस्थान प्रमुख विष्टले बताए ।
गोदाममा चामल स्टोक रहेकाले दशैंका लागी यहाँका स्थानीयलाई एक गते देखि चामल वितरण गरिरहेको उहाँले जानकारी दिए । उनले भने केरुङ्गबाट चमल ढिलो आएता पनि यो वर्ष हुम्लाको लागी दशैंमा चामलको अभाव नहुँने थियो । त्यहि सोमबार बाट काठमाण्डौ, केरुङ्ग, हुँदै हिल्सा पुगेको चामल सलिसल्ला देखि सिमकोट पुग्न थालेको उहाँले जानकारी दिए ।