सुर्खेत । घोषणा भएको १६ महिना बितिसक्दा पनि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया सकिएको छैन । दश वटा जिल्ला तहको एकीकरण सकेको पार्टीले केही स्थानीय तह, वडा र भातृ संगठनको एकीकरणको काम अझै बाँकी रहेको जनाएको छ ।
कर्णालीका दश जिल्लाका ७९ स्थानीय तह मध्ये सुर्खेत, दैलेख र जाजरकोट गरि तीन जिल्लाका २७ वटा स्थानीय तहको नेतृत्वसहित कमिटी घोषणा गर्न बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कार्यालयले जनाएको छ । जसमध्ये जाजरकोटका ७ वटा स्थानीय तहमा सहमति भैसकेपनि घोषणा हुन सकेको छैन । यता दैलेख र सुर्खेतका स्थानीय तहको एकताको भने टुङगो लागेको छैन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको जिल्ला सुर्खेत र दैलेखमा पार्टी भित्रको विवादका स्थानीय तहको एकीकरणको काम बाँकी रहेको पार्टी श्रोतले जानकारी दिएको छ । सुर्खेतमा पूर्व एमाले र पूर्व माओवादीले कति/ कति वटा स्थानीय तह लिने भन्ने विवाद छ ।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पूर्व एमालेले छ र पूर्व माओवादीले चार वटा दावी गरेको कारण एकीकरणमा ढिलाई भएको जनाइएको छ । त्यस्तै एघार वटा स्थानीय तह रहेको दैलेखमा पूर्व एमालेले कम्तिमा आठ स्थानीय तह आफूहरुले पाउनु पर्ने दावी गरेपछि एकीकरण प्रक्रिया लम्बिएको बताइएको छ । पूर्व माओवादीको संगठन कमजोर रहेको र जिल्लाका कुनै स्थानीय तहमा निर्वाचन जित्न नसकेको भन्दै पूर्व एमालेले पूर्व माओवादीलाई बढीमा तीन वटा मात्र स्थानीय तह दिन सकिने बताएपछि स्थानीय तहको एकीकरणको काम प्रभावित भएको एक नेताले बताए ।
पार्टी भित्रको आन्तरिक कुरा नमिलेको कारण एकता प्रक्रिया ढिलो हुँदै गएको नेकपाका केन्द्रिय सदस्य मायाप्रसाद शर्माले बताए । पार्टी भित्र पूर्व एमाले र पूर्व माओवादी आफै भित्र नै कुरा मिल्दैन् । उनले भने, ‘सांसदहरु सबै जम्मा भएर छलफल हुँदैन् । कोही सांसदहरु काठमाडौँ छन् । कोही प्रदेशमा छन् ।सबै नेताहरु जम्मा भएर छलफल भयो भने यो दशै तिहार सम्म सबै प्रक्रियाहरु मिल्छ होला ।’
केन्द्रिय सदस्य शर्माका अनुसार रुकुम, जाजरकोट, कालिकोट, मुगु, हुम्ला जिल्लामा वडा तहको एकता भइसकेको छ ।
को कति?
मुगु २ पूर्व माओवादी र २ पूर्व एमाले
हुम्ला ४ पूर्व माओवादी र ३ पूर्व एमाले
जुम्लामा ४ पूर्व एमाले र ४ पूर्व माओवादी
सल्यान ५ पूर्व एमाले र ५ पूर्व माओवादी
रुकुम पश्चिममा ४ पूर्व माओवादी र २ पूर्व एमाले
जाजरकोटमा ४ पूर्व एमाले र ३ पूर्व माओवादी
कालिकोटमा ५ पूर्व माओवादी र ४ पूर्व एमाले
डोल्पा...
भातृ संगठनको एकतामा अन्यवल
पार्टी एकतासंगै विगठन भएका भातृ संगठनको एकता पनि अलपत्र परेको छ । भातृसंगठनको केन्द्रीय संयोजक तोकिए पनि प्रदेशमा नेतृत्व चयन भएको छैन । पार्टी भित्रका आन्तरिक विवादको कारण भातृ संगठनका प्रदेश हुँदै जिल्ला तहसम्म एकता प्रक्रिया रोकिएको हो । लामो समयसम्म एकता नहुँदा भातृ संगठनका नेता तथा कार्यक्रताहरु जिम्मेवारी बिहिन बनेको गुनासो गर्दे आएका छन ।
२०७५ साल जेठ ३ गते नेपाल कम्यूनिष्ट पार्टी (एमाले) र नेपाल कम्यूनिष्ट पार्टी (नेपाल माओवादी केन्द्र)बीच एकता भएको थियो
यता नेकपा कर्णाली प्रदेशले भने एकता प्रक्रिया जारी रहेकाले दशै तिहार सम्म जिल्ला र स्थानीय तह सम्म टंगो लाग्ने बताएका छन् । एकता प्रक्रियामा पटक पटक म्याद थप हुँदै सकिए पनी एकताको सबै प्रक्रिया पुरा हुन सकेको छैन । नेकपाले जिल्ला समिटिको टुङगो लगाएको जनाएको छ । कर्णालीका १० जिल्ला मध्ये ६ जिल्लामा पूर्व माओवादी र ४ जिल्लामा पूर्व एमालेले नेतृत्व सम्हाल्ने गरी किमिटीको टुङगो लगाइएको बताइएको छ । जस अन्तर्गत साविकको कर्णालीका हुम्ला, जुम्ला, मुगु, कालिकोट, भेरीका रुकुम पश्चिम, जाजरकोट पूर्व माओवादीको भागमा परेको छ भने डोल्पा, सल्यान, सुर्खेत र दैलेख पूर्व एमालेको भागमा परेको बताइएको छ । कमिटि टुङगिए संगै जिल्ला अध्यक्षहरुले जिल्लामा एकताका अन्य विभिन्न कामहरु अघि बढाइरहेको, स्थानीय तहको नेतृत्व चयन गर्ने कुरामा छलफल गर्दै आएको नेकपाले जनाएको छ ।