मुगु; सरकराद्वारा प्रतिवन्धित नेकपा माओवादी ‘बिप्लब’ नेतृत्वको समुहलले मुगुको सोरू गाउँ पालीकाका प्रमुख प्रशासकिय अधिकृत परशुुराम उपाध्यायलाई कालोमसो दलेका छन् ।
जिल्ला सचिव अजय बिष्ट नेतृत्वको माओवादी समुहले जिल्ला सदरमुकाम गमगढीबाट गाउँपालिका आउँदै गर्दा ५÷१६ जनाको समुहले कालोमसो र जुत्ताको माला लगाइदिएको स्थानीय भुमि प्रशाद भट्टले जानकारी दिए । उनका अनुसार सरकारी रकम अनियमितता गर्ने, नागरिकलाई दुख दिने भन्दै ‘विप्लव’ समुहले कार्यकारी अधिकृत उपाध्यायलाई हातपात समेत गरेको थियो ।
उपाध्यायले गाउँपालिकाको साढे ८ करोड रकममा अनियमितता गरेको, कार्यालयमा दैनिक हाजिर नभएर तलबभत्ता बुझेको, कार्यालय समयमा मदिरा सेवन गरेर सेवाग्रहीको काममा बाधा पु¥याएकोले आफूले जनकारबाही गरेको माओवादी ‘विप्लव’ का शोरु इन्चार्ज विष्टले जानकारी दिए ।
विप्लवसमुहको आक्रमणका परेर घाइते भएका प्रमूख प्रशासकिय अधिकृत उपाध्यायलाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा लगिएको मुगुका प्रमूख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।
उपाध्यायको टाउँकोमा गम्भीर चोट लागेकाले सिटिस्क्यान गर्नुपर्ने भएको बताएका अधिकारी घिमिरेले फिष्टेल एयरको हलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको बताए । अधिकृत उपाध्यायमाथिको आक्रमणका बारेमा विस्तृत अनुसन्धान भैरहेको प्रमूख जिल्ला अधिकारी घिमिरेले बताए ।
कर्मचारी र जनप्रतिनिधिमा त्रास
शोरु गाउँपालिकाका प्रमूख पूशासकिय अधिकृत परशुुराम उपाध्यायमाथि माओवादी ‘विप्लव’ समुहले आक्रमण् गरेपछि अन्य कर्मचारी र जनप्रतिनिधि त्रसित भएका छन् ।
“प्रशासकिय अधिकृत आक्रमणमा परेर गम्भिर घाईते भएपछि हामीलाईपनि असुरक्षिते महशुस भएको छ ।” शोरु ३ का वडाअध्यक्ष लालु धामीले भने, “डरले हामी जनप्रतिनिधि र अन्इ कर्मचारीसाथीहरूपनि सदरमुकाम गमगढी लाग्यौं ।”
पटकपटक ५÷६ लाख चन्दा तोकेको माअोवदी ‘विप्लव’ ले रकम नपाएपछि प्रशासकिय अधिकृतमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ ।